२०८२ भाद्र ११ गते बुधवार
काठमाडौं । भक्तपुरको बोडेमा झुन्डिएको अवस्थामा मृत भेटिएका दिदीबहिनी भारतबाट भागेर नेपाल आएको खुलेको छ । बुबाआमासँगै भारतको मुम्बईमा बस्दै आएका सुर्खेत पञ्चपुरी नगरपालिका–८ की १३ वर्षीया सिर्जना कँडेल र १६ वर्षीया मेनुका कँडेल भक्तपुरमा मृत फेला परेका हुन् ।
उनीहरू मध्यपुर ठिमी नगरपालिका–८ बोडे सिन्टीटारस्थित एक घरमा मृत अवस्थामा भेटिएका थिए । आफू बस्ने कोठाको प्यासेजमा झुन्डिएको अवस्थामा उनीहरूको शव फेला भेटिएको भक्तपुर प्रहरीका डीएसपी ढुण्डीराज नेउपानेले जानकारी दिए ।
प्रहरीका अनुसार, उनीहरू १५ दिन अघिमात्रै भक्तपुरको बोडे पुगेको खुलेको छ । उनीहरूले चलाउँदै आएको मोबाइल फोन बरामद गरिएकाले थप विवरण खुल्ने प्रहरीको विश्वास छ ।
‘‘प्रारम्भिक अनुसन्धानबाट आत्महत्याजस्तो देखिन्छ । तर, थप अनुसन्धान गर्दै छौँ । उनीहरूको मोबाइल फोन बरामद भएको छ । थप अनुसन्धानकै क्रममा छौँ,’’ डीएसपी नेउपानले भने ।
प्रहरीका अनुसार, सिर्जना र मेनुकाका बुवाआमा लामो समयदेखि भारतमा बस्दै आएको खुलेको छ । प्रहरीले मृतकका आफन्त नआएकाले शव उठाएको छैन ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij