Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

१५ दिन अघिमात्रै भारतबाट भागेर भक्तपुर आइपुगेका थिए मृतक दिदीबहिनी

१५ दिन अघिमात्रै भारतबाट भागेर भक्तपुर आइपुगेका थिए मृतक दिदीबहिनी


  • 2.6K
    Shares

    १५ दिन अघिमात्रै भारतबाट भागेर भक्तपुर आइपुगेका थिए मृतक दिदीबहिनी

    काठमाडौं । भक्तपुरको बोडेमा झुन्डिएको अवस्थामा मृत भेटिएका दिदीबहिनी भारतबाट भागेर नेपाल आएको खुलेको छ । बुबाआमासँगै भारतको मुम्बईमा बस्दै आएका सुर्खेत पञ्चपुरी नगरपालिका–८ की १३ वर्षीया सिर्जना कँडेल र १६ वर्षीया मेनुका कँडेल भक्तपुरमा मृत फेला परेका हुन् ।

    उनीहरू मध्यपुर ठिमी नगरपालिका–८ बोडे सिन्टीटारस्थित एक घरमा मृत अवस्थामा भेटिएका थिए । आफू बस्ने कोठाको प्यासेजमा झुन्डिएको अवस्थामा उनीहरूको शव फेला भेटिएको भक्तपुर प्रहरीका डीएसपी ढुण्डीराज नेउपानेले जानकारी दिए ।

    प्रहरीका अनुसार, उनीहरू १५ दिन अघिमात्रै भक्तपुरको बोडे पुगेको खुलेको छ । उनीहरूले चलाउँदै आएको मोबाइल फोन बरामद गरिएकाले थप विवरण खुल्ने प्रहरीको विश्वास छ ।

    ‘‘प्रारम्भिक अनुसन्धानबाट आत्महत्याजस्तो देखिन्छ । तर, थप अनुसन्धान गर्दै छौँ । उनीहरूको मोबाइल फोन बरामद भएको छ । थप अनुसन्धानकै क्रममा छौँ,’’ डीएसपी नेउपानले भने ।

    प्रहरीका अनुसार, सिर्जना र मेनुकाका बुवाआमा लामो समयदेखि भारतमा बस्दै आएको खुलेको छ । प्रहरीले मृतकका आफन्त नआएकाले शव उठाएको छैन ।

    images
    प्रकाशित मिति :श्रावण ८ २०८२ बिहिवार - १८:३८:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij