Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

यस्ता छन् मन्त्रिपरिषद् बैठकका १३ निर्णयहरु (सूचीसहित)

यस्ता छन् मन्त्रिपरिषद् बैठकका १३ निर्णयहरु (सूचीसहित)


  • 1.9K
    Shares

    यस्ता छन् मन्त्रिपरिषद् बैठकका १३  निर्णयहरु (सूचीसहित)
    images

    काठमाडौं । बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले बुधबारको मन्त्रिपरिषद् बैठकले गरेका १३ निर्णयहरु सार्वजनिक गरेका छन् । 

    रुकुम(पूर्वी भाग) जिल्ल्लाको सदरमुकाम सिस्ने गाउँपालिकाको वडा नम्बर ५ र ६ मा पर्ने रुकुमकोट तोक्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री गुरुङले बताएका छन् । 

    जापानको ओसाकामा साउन १२ र १३ गते आयोजना हुने नेपाल दिवस कार्यक्रममा सहभागी हुन उद्योग तथा आपूर्ति मन्त्रालयका सचिव डा।रामप्रसाद घिमिरे नेतृत्वको टोलीलाई पठाउने भएको छ । 

    यसैगरी साउन १८ गते मेलेसियामा आयोजना हुने नेपाल आदिवासी जनजाती महासंघ मलेसियाको चौथो अधिवेशनमा प्रमुख अतिथिको रुपमा सहभागिताका लागि कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङलाई स्वीकृती प्रदान गरे लगायत १३ वटा निर्णय मन्त्रिपरिषद् बैठकले गरेको मन्त्री गुरुङले बताएका छन् । 

    523424818_1067125085489578_3385674105748316645_n_J7tBAcbJ0H.jpg

    प्रकाशित मिति :श्रावण ८ २०८२ बिहिवार - १८:०३:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij