Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

झापामा अत्यधिक मदिरा सेवन गरेर दुई जनाको मृत्यु

झापामा अत्यधिक मदिरा सेवन गरेर दुई जनाको मृत्यु


  • 932
    Shares

    • images
    झापामा अत्यधिक मदिरा सेवन गरेर दुई जनाको मृत्यु
    images

    काठमाडौं । अत्यधिक मदिरा सेवन गरेर झापामा दुई जनाको मृत्यु भएको छ । एक जनालाई कनकाईको सडक किनारमा र अर्का व्यक्तिलाई विर्तामोडमा सुङ्गुरको खोरमा मृत अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काका अनुसार आज बिहान कनकाई–४ स्थित सडक किनारमा ६० वर्षीय चन्द्र शिवाकोटी मृत भेटिएका हुन् ।

    शिवसताक्षी नगरपालिका-११ घर भई हाल कनकाई-४ मा बस्दै आएका शिवाकोटीले अत्यधिक मदिरा सेवन गर्ने गरेको स्थानीयबाट जानकारी पाएको उनले बताए । निजले कनकाईमा बसेर ज्यालादारीमा घर रङरोगनको काम गर्दै आएका थिए । यसैगरी, विर्तामोड नगरपालिका–६ शुभबिहानी टोलस्थित सुङ्गुर फार्ममा ६५ वर्षीय डम्बरबहादुर मगर मृत भेटिएका छन् । मगरको घर भारतको सिक्किम रहेको प्रहरीले जनाएको छ । 

    स्थानीय सरोज लावतीले सञ्चालन गर्दै आएको फार्ममा मगरले सुङ्गुरलाई चारो खुवाउने र खोरको रेखदेख गर्दै आएका थिए । उनको सुतिरहेको अवस्थामा मृत्यु भएको प्रहरीले जनाएको छ । ‘मृत भेटिनुभएका दुवै जना अत्यधिक मदिरा सेवन गर्दै आउनुभएको अनुसन्धानका क्रममा खुलेको छ’, जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खड्काले भने, ‘घटनाको थप अनुसन्धान भइरहेको छ ।’

    केहीदिन यता झापामा तापक्रम बढेर उच्च गर्मी भएका भन्दै बेलुका अत्यधिक मदिरा सेवन गरी सुतेका बेला दुवैको मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान रहेको उनले बताए ।  शिवाकोटीको शव सडकको किनारमा खाली खुट्टा भुइँमा पल्टिएको अवस्थामा र मगरको शव खोरको भुइँमा घोप्टो परेको अवस्थामा फेला पारेको थियो ।
     

    प्रकाशित मिति :श्रावण ८ २०८२ बिहिवार - १६:४४:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij