२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । नागरिक लगानी कोषको सञ्चालक समितिबाट नेपाल स्टक एक्सचेन्जको प्रमुख कार्यकारी अधिकृत हट्ने भएको छ ।
नागरिक लगानी कोष ऐन संशोधन गर्न विधेयकमा यस्तो व्यवस्था गर्न लागिएको हो । अहिले कोषको सञ्चालक समितिमा नेपाल सरकारले नियुक्त गरेको विज्ञ व्यक्ति अध्यक्ष रहने व्यवस्था रहेको छ ।
सञ्चालकहरूमा नेपाल सरकारका सहसचिव, राष्ट्रिय बिमा कम्पनीको प्रशासक, नेपाल स्टक एक्सचेन्जको सीईओ, बैंक वित्तीय वित्तीय संस्थामध्येबाट एक जना, बैंकिङ तथा पुँजी बजारसम्बन्धी विशेष ज्ञान भएको व्यक्ति मध्येबाट एक जना, सर्वसाधारण सेयर धनीबाट एक जना र कोषका कार्यकारी निर्देशक एक जना रहने व्यवस्था छ ।
संशोधित विधेयकको मस्यौदामा अरू सबैलाई यथावत् राख्दै नेप्सेको सीईओलाई भने हटाउने व्यवस्था गरिएको छ ।
प्रस्तावित ऐनमा कोषको अधिकृत पुँजी १० अर्ब बनाउने प्रस्ताव गरिएको छ भने कोषको लगानी दायरालाई फराकिलो बनाउने लगायत व्यवस्था भएका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij