२०८२ भाद्र ११ गते बुधवार
काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले मन्त्रालय सम्हालेको वर्ष दिनमा दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरू १३२ जनाको हवाई उद्धार गरिएको बताएका छन् ।
बिहीवार सिंहदरबारमा मन्त्रालय सम्हालेको सय दिन पुगेको अवसरमा आयोजित पत्रकार सम्मेलनका क्रममा यसबारे जानकारी गराएका हुन् । मन्त्री सुडीकाअनुसार हिंसा पीडित महिला तथा किशोरीहरुलाई सुरक्षित रुपमा पुनःस्थापना गर्न राष्ट्रियस्तरको मंगला सहाना दीर्घकालीन पुनस्र्थापना केन्द्रमा १८ जनालाई सेवा प्रवाह भईरहेको छ । महिला हिंसा विरूद्धको सचेतनाका लागि टेलिश्रृङ्खला सोच निर्माण भई नेपाल टेलिभिजनबाट प्रशारण भएको पनि जानकारी दिनुभयो । उहाँले मधेस प्रदेशका विभिन्न ५ जिल्लामा “खुलेर बोलौ, लैङ्गिक हिंसा अन्त्य गरौं–सडक नाटक प्रदर्शन गरिएको, सातौं महिला अधिकार दिवसको अवसरमा प्रत्येक प्रदेशबाट १÷१ जना उत्कृष्ट महिला उद्यमीलाई कदरपत्रसहित १ लाख नगद पुरस्कारबाट सम्मानित गरिएको बताएका छन् ।
पशुपति वृद्धाश्रममा ६८ जना ज्येष्ठ नागरिकहरु (पुरुष २४ जना र महिला ४४ जना) लाई आवास, भरणपोषण, स्वास्थ्य उपचार सेवा उपलब्ध गराइएको बताउनु भयो । १३३ जना कुष्ठरोग प्रभावित व्यक्तिहरुको लालनपालनका लागि नेपाल कुष्ठरोग निवारण संघलाई अनुदान सहयोग उपलब्ध गराइएको जानकारी दिएका छन्।
उनले भने, ‘दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरू १३२ जनाको हवाई उद्धार गरिएको छ । हिंसा पीडित महिला तथा किशोरीहरुलाई सुरक्षित रुपमा पुनःस्थापना गर्न राष्ट्रियस्तरको मंगला सहाना दीर्घकालीन पुनस्र्थापना केन्द्रमा १८ जनालाई सेवा प्रवाह भईरहेको छ । महिला हिंसा विरूद्धको सचेतनाका लागि टेलिश्रृङ्खला सोच निर्माण भई नेपाल टेलिभिजनबाट प्रशारण भएको छ । मधेस प्रदेशका विभिन्न ५ जिल्लामा “खुलेर बोलौ, लैङ्गिक हिंसा अन्त्य गरौं–सडक नाटक प्रदर्शन गरिएको छ । सातौं महिला अधिकार दिवसको अवसरमा प्रत्येक प्रदेशबाट १÷१ जना उत्कृष्ट महिला उद्यमीलाई कदरपत्रसहित १ लाख नगद पुरस्कारबाट सम्मानित गरिएको छ । पशुपति वृद्धाश्रममा ६८ जना ज्येष्ठ नागरिकहरु (पुरुष २४ जना र महिला ४४ जना) लाई आवास, भरणपोषण, स्वास्थ्य उपचार सेवा उपलब्ध गराइएको छ । १३३ जना कुष्ठरोग प्रभावित व्यक्तिहरुको लालनपालनका लागि नेपाल कुष्ठरोग निवारण संघलाई अनुदान सहयोग उपलब्ध गराइएको छ । वित्तीय हस्तान्तरण भई प्रदेश र स्थानीय तहमा गएको बजेट बाहेक राष्ट्रिय अपाङ्ग कोषमा विनियोजन भएको बजेट ४० लाखबाट २७२ थान सहायक सामग्री उत्पादन भई वितरण कार्य सम्पन्न भएको छ ।
अपाङ्गता भएका व्यक्तिको राष्ट्रिय नीति कार्यान्वयन कार्ययोजनाको मस्यौदा तयार भएको छ । अन्तर्राष्ट्रिय गैरसरकारी संस्था परियोजना सहजिकरण समितिको सिफारिसमा ५० वटा परियोजना सम्झौता र २८ वटा साधारण सम्झौताको सहमति प्रदान गरिएको छ । अन्तर्राष्ट्रिय गैर सरकारी संस्थामा कार्यरत विदेशीको लागि कार्यसहमति ५२ वटा, श्रम स्वीकृति ५२, गैरपर्यटक भिसा ४४, आयात इजाजत २२ वटा र ३ वटा भन्सार छुट सिफारिस गरिएको छ । समाज कल्याण परिषद्मार्फत ६१ अर्ब ९७ करोडको वैदेशिक सहयोग स्वीकृत भएको छ ।’
मन्त्री सुडीकाअनुसार अपाङ्गता भएका व्यक्तिको राष्ट्रिय नीति कार्यान्वयन कार्ययोजनाको मस्यौदा तयार भएको छ । अन्तर्राष्ट्रिय गैरसरकारी संस्था परियोजना सहजिकरण समितिको सिफारिसमा ५० वटा परियोजना सम्झौता र २८ वटा साधारण सम्झौताको सहमति प्रदान गरिएको बताएका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij