२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । साताको अन्तिम कारोबारको दिन बुधबार शेयर बजार सामान्य बढेर बन्द भएको छ ।
आज शेयर बजार नेप्से परिसूचक ३.७६ अंकले बढेर २,९८२ को विन्दुमा कायम भएको छ भने १२३ कम्पनीको शेयर मूल्य बढेको छ भने १२७ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज दिनभरिमा ३२८ कम्पनीको ३ करोड ८९ लाख ६२ हजार ५०८ कित्ता शेयर किनबेच हुँदा १८ अर्ब ४९ करोड माथिको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै राधि विद्युत कम्पनीको ७७ करोड २१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । ङादी ग्रुप पावरको ७१ करोड ९१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । ग्रिन भेञ्चरको ६६ करोड २८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज विकास बैंक, होटल तथा टुरिजम, जलविद्युत, लगानी, म्युचुअल फण्ड समुहको सेयर बढेकोमा जलविद्युतको १.९९ प्रतिशत र विकास बैंक समुहको सेयर १.५० प्रतिशतले बढेको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij