२०८२ चैत्र १ गते आइतवार
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले सुनसहित ५ जनालाई पक्राउ गरेको छ ।
सोमबार बिहान विभिन्न एयरलाइन्सबाट नेपाल आएका व्यक्तिहरु विमानस्थलमा पक्राउ परेको विमानस्थल सुरक्षा कार्यालयका प्रमुख एसएसपी राजेशनाथ वास्तोलाले बताए ।
बास्तोलाका अनुसार प्युठानका यमलाल खनाल, गुल्मीका जनक खड्का, नुवाकोटका सुमित तामाङ, धनबहादुर तामाङ, नवलपरासीका राजु विश्वकर्मा पक्राउ परेका हुन् ।
एयर अरेवियाबाट आएका खनाल र खड्काको साथबाट ३ सय ४९ ग्रामका दरले बाला फेला परेको छ । सुमित र धनबहादुर हिमालय एयरलाइन्समार्फत दुवईबाट आएका हुन् ।
सुमितको साथबाट २ सय ५० ग्राम र धनबहादुरको साथबाट २ सय ४९ ग्राम सुनका बाला बरामद भएको बास्तोलाले बताए । नेपाल एयरलाइन्समार्फत दुवईबाटै आएका राजु विश्वकर्माको साथबाट २ सय ग्राम सुनका बाला बरामद भएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij