Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

कार्यालय प्रमुखबाहेक अन्य पदमा ट्रेड युनियन गठनको अधिकार सुनिश्चित गर्न निजमति कर्मचारी संगठनको माग

कार्यालय प्रमुखबाहेक अन्य पदमा ट्रेड युनियन गठनको अधिकार सुनिश्चित गर्न निजमति कर्मचारी संगठनको माग


  • 855
    Shares

    • images
    कार्यालय प्रमुखबाहेक अन्य पदमा ट्रेड युनियन गठनको अधिकार सुनिश्चित गर्न निजमति कर्मचारी संगठनको माग
    images

     काठमाडौं । नेकपा (एमाले) निकट नेपाल कर्मचारी संगठनले संघ, प्रदेश र स्थानीय तहका सबै कर्मचारीहरुलाई निजामति सेवामा समावेश गर्न माग गरेको छ ।शहीद स्मृति दिवसका अवसरमा आयोजना हुने कार्यक्रमहरुको जानकारी दिन बिहीवार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै संगठनले उक्त माग गरेको हो ।

    कार्यालय सहयोगीबाहेक अन्य पदहरुमो टेड युनियन गठनको अधिकार सुनिश्चित गरिनुपर्ने संगठनको माग छ । पत्रकार सम्मेलनमा बोल्दै संगठनका प्रवक्ता रामचन्द्र अधिकारीले संघीय निजामति सेवा विधेयकमार्फत कर्मचारीको तह र श्रेणी समायोजन, निवृत्तिभरण, करार सेवामा कार्यरत कर्मचारीहरुको स्थायीत्व लगायतका मागहरु सम्बोधन गरिनुपर्ने बताए। उनले विधेयकमार्फत कर्मचारीको हक र अधिकार सुनिश्चित हुनेमा आफू विश्वस्त रहेको पनि बताए । 

    साथै, संगठनले शहिद स्मृति दिवस २०८२ को अवसरमा विभिन्न कार्यक्रमहरुको आयोजना गर्ने जनाएको छ । २०४८ सालको ५६ दिने आन्दोलनका क्रममा शहीद भएकाहरुको स्मरणमा ‘शहीद मनोज, झपेन्द्र, सुरेन्द्र स्मृति दिवस’ मनाइने प्रवक्ता अधिकारीले बताए । 

    प्रकाशित मिति :श्रावण ८ २०८२ बिहिवार - १२:१३:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij