Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

कार्यक्षेत्र ११ जिल्ला, कर्मचारी भने जम्मा पाँच

कार्यक्षेत्र ११ जिल्ला, कर्मचारी भने जम्मा पाँच


  • 939
    Shares

    • images
    कार्यक्षेत्र ११ जिल्ला, कर्मचारी  भने जम्मा पाँच
    images

    काठमाडौं । तनहुँको बन्दीपुरस्थित व्यावसायिक कीट विकास केन्द्रको कार्यक्षेत्र गण्डकी प्रदेशका ११ वटा जिल्ला छन् । तर, कार्यालयमा कार्यरत कर्मचारी भने जम्मा पाँच जना रहेका छन् ।

    केन्द्रमा दश जनाको स्वीकृत दरबन्दी भए पनि पाँच कर्मचारीको पद रिक्त रहेको छ । पाँच जनामध्ये एक जना अध्ययनका सिलसिलामा विदेशमा रहेको कार्यालयका निमित्त प्रमुख विजयराज पौडेलले बताएका छन्  भने कार्यक्षेत्र प्रदेशभर हुनु तर कर्मचारी कम हुँदा काम गर्न समस्या परिरहेको उनको गुनासो रहेको छ ।

    पौडेलका अनुसार कार्यालयमा ,एक बाली संरक्षण अधिकृत, एक प्राविधिक सहायक, एक वरिष्ठ बाली संरक्षण अधिकृत, एक नायब प्राविधिक सहायक र एक कार्यालय सहयोगी मात्र कार्यरत रहेका छन् । कार्यालयमा कृषि प्रसार अधिकृत, लेखापाल, प्रशासन सहायक र हलुका सवारी चालकको पदपूर्ति हुन सकेको छैन ।

    “११ जिल्ला कार्यक्षेत्र हुँदा कर्मचारीको अभावले सोचे बमोजिम काम गर्न सकिएको छैन ” उनले भने, ।  कार्यालयको मुख्य काम रेशमखेती, मौरीपालन र च्याउखेतीमा प्राविधिक सहयोग गर्नु हो । त्यसका लागि कार्यालयले कृषकलाई मौरीपालनसम्बन्धी सीपसँगै च्याउखेती तालिम प्रदान गर्दै आइरहेको छ ।

    कार्यालयले गत आर्थिक वर्ष २०८१\८२ मा १३१ रेशम बिज कोया उत्पादन गरेको छ । उत्पादित रेशम बिज कोया रेशम विकास केन्द्र खोपासीलाई हस्तान्तरण गरिएको पौडेलले जानकारी दिएका छन् । कार्यालयको च्याउ ल्याबमा तीन हजार पोका च्याउ बीउ उत्पादन गरिएको छ  भने ती च्याउहरु विभिन्न ठाउँका कृषकलाई ५० प्रतिशत अनुदानमा वितरण गरिएको उनले बताएका छन् ।

    कार्यालयले यस आर्थिक वर्षमा गण्डकी प्रदेशका विभिन्न जिल्लाका ११० कृषकलाई मौरीपालन आधारभूत स्थलगत घुम्ती तालिम प्रदान गरेको छ भने १८३ कृषकलाई च्याउखेतीसम्बन्धी तालिम दिएको छ ।

    प्रकाशित मिति :श्रावण ८ २०८२ बिहिवार - ११:४२:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij