Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

आन्दोलन गरेपछि मात्रै सुनुवाइ हुने स्थितिको अन्त्य गर्न जरुरी छ: सभामुख घिमिरे

आन्दोलन गरेपछि मात्रै सुनुवाइ हुने स्थितिको अन्त्य गर्न जरुरी छ: सभामुख घिमिरे


  • 1.0K
    Shares

    • images
    आन्दोलन गरेपछि मात्रै सुनुवाइ हुने स्थितिको अन्त्य गर्न जरुरी छ: सभामुख घिमिरे

    काठमाडौं । आज सिंहदरबारको एक समारोहमा बोल्दै सभामुख देवराज घिमिरेले सडकमा आन्दोलन गरेपछि मात्रै सुनुवाइ हुने स्थितिको अन्त्य गर्न जरुरी रहेको बताएका छन् । 

    उनले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, खोटाङका नगरप्रमुख तीर्थराज भट्टराईको नेतृत्वले हस्तान्तरण गरेको बाँसबाट निर्मित सामग्रीहरू ग्रहण गर्दै उनले यस्तो बताएका हुन् । 

    उनले प्रत्येक कुराहरू सडकमा गएर आन्दोलन गरी बाध्य परिस्थिति बनाएपछि मात्रै न्यूनतम सुनुवाइ गर्ने परिस्थिति अन्त्य गर्न जरुरी रहेको बताएका छन् । मागहरू अव्यवहारिक, असान्दर्भिक, अनुचित भए त्यतिबेलै यस्तो भयो भन्न सक्नुपर्ने उनले बताएका हुन् ।

    कोसिसको बाबजुद पनि सुनुवाइ भएन भने सडकमा जानेकुरा गैरसंवैधानिक नभएको पनि उनले बताएका छन्।  बाँसको सामग्रीको प्रवर्द्धनका लागि संसदमा कुनै कानूनहरु अड्किएका भए निर्माण गर्नेकुरामा प्रतिनिधि सभा सधैँ अग्रसर रहने घिमिरेले बताएका छन् । 

    सभामुख घिमिरेले बाँस वनस्पतिलाई धेरै ठाउँमा प्रयोग गर्न सकिने र यसको महत्त्व उल्लेख्य रहेको बताएका छन् । 

     

    प्रकाशित मिति :श्रावण ८ २०८२ बिहिवार - ११:२३:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij