Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

दिदीबहिनी एउटै डोरीमा झुण्डिएको अवस्थामा मृत फेला

दिदीबहिनी एउटै डोरीमा झुण्डिएको अवस्थामा मृत फेला


  • 1.6K
    Shares

    • images
    दिदीबहिनी एउटै डोरीमा झुण्डिएको अवस्थामा मृत फेला
    images

    काठमाडौं । सुर्खेत घर भई भक्तपुर बस्ने दुई दिदीबहिनीले झुण्डिएर आत्महत्या गरेका छन् ।

    भुईं तलामा बस्ने दुईबहिनी एउटै डोरीमा झुण्डिएको अवस्थामा मृत फेला परेको छन् ।

     भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–८ बोडे सिन्टीटारस्थित चक्रधर प्रजापतिको घरमा मेनुनका र सिर्जनाको शव फेला परेको छ। दुई तले ट्रष्टको घरको भुइँ तलामा उनीहरूको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका जानकारी दिएका छन्। 

    सुर्खेतको पञ्चपुरी नगरपालिका–८ का वडाध्यक्ष दिपककुमार थापाले शव फेला परेका दिदीबहिनी आफ्नै वडाको तिनकुने दुलालथाई गाउँका भएको जानकारी दिएका छन्। 

    जिल्ला प्रहरीका कार्यालय भक्तपुरका अनुसार कँडेल थरका वर्ष १५ र १७ का दिदीबहिनी एउटै डोरीमा झुन्डिएको अवस्थामा फेला परेका हुन् ।

    थिमीका डीएसपी नवराज ढुंगानाका अनुसार अहिले उनीहरूका आफन्त बोलाएर थप अनुसन्धान भइरहेको बताएका छन् ।

    उनीहरूका बुवाआमा भारतमा बस्ने गरेका छन् भने कलंकीमा आन्टीहरु बस्ने गरेका उनले बताएका हुन्। उनीहरू केही दिन अगाडि मात्रै भारतबाट भागेर आएको पाइएको छ ।

    मृतक दिदीबहिनीकी आमा उमा कँडेलले तीन साताअघि छोरीहरू मुम्बईको मिरा  भाईन्दरबाट हराएको भन्दै स्थानीय सिगास टेलिभिजनलाई अन्तरवार्ता दिएकी थिइन्। कँडेलको परिवार लामो सयमदेखि भारतमा बस्दै आएका थिए

    प्रकाशित मिति :श्रावण ८ २०८२ बिहिवार - १०:०९:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij