२०८२ भाद्र ११ गते बुधवार
काठमाडौं । बाजुराको हिमाली गाउँपालिकामा जिप दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ।
वडाअध्यक्ष प्रदीप बुढथापाका अनुसार दुर्घटनामा दुई जनाको घटना स्थलमै मृत्यु भएको छ भने घटनाबारे थप विवरण आउन बाँकी नै रहेको छ।
अहिलेसम्म जानकारी प्राप्त अनुसार बाजुरा हिमालीको क्युडीमा दुर्घटनाग्रस्त जिपमा २६ जना सवार थिए। उनीहरूमध्ये १५ जना घाइते भएका छन्।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij