२०८२ भाद्र ११ गते बुधवार
काठमाडौं । भोटेकोशीको सहायक ल्हेन्दे खोलामा आएको बाढीले रसुवा नाकास्थित मितेरी पुलसमेत बगाएर अलपत्र परेका २०३ जना नेपालीलाई बुधबार सिन्धुपाल्चोकको तातोपानी नाका भएर नेपाल ल्याइएको छ ।
चीनको परराष्ट्र विभागले उनीहरूलाई केरुङबाट तातोपानी मितेरी पुलमा ल्याएर अपराह्न सिन्धुपाल्चोक प्रशासनलाई जिम्मा लगाएको हो ।
रोजगारीका सिलसिलामा गएकाहरू, चालकलगायतका नेपालीलाई बाढीपछि केरुङमा राखिएको थियो । उनीहरूलाई चिनियाँ सुरक्षाकर्मीसहित २० वटा गाडीमा केरुङबाट तातोपानी नाका ल्याइएको रसुवा प्रशासनले जनाएको छ ।
गत २४ को भोटेकोशीको बाढीका दिन राति रसुवाको मितेरी पुलस्थित तिब्बततर्फ रहेको ७२ जना कन्टेनर चालकलगायतका नेपालीलाई चीनले नै उद्धार गरेर केरुङ लगेको थियो । उनीहरूलाई अहिलेसम्म खाने बस्नेतलगायतका सुविधा दिएर राखेको जानकारी रसुवा प्रशासनले दिएको छ ।
उनीहरूलाई पनि तातोपानी नाकाबाट ल्याउन लागिएको छ । बाढीका दिन उनीहरूमध्ये कतिपय चालक कन्टेनरको छतमा चढेर ज्यान बचाएका थिए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij