Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

सप्तकोशी नदीमा बेपत्ता भएका बालकको खोजी जारी

सप्तकोशी नदीमा बेपत्ता भएका बालकको खोजी जारी


  • 1.1K
    Shares

    • images
    सप्तकोशी नदीमा बेपत्ता भएका बालकको खोजी जारी

    काठमाडौं । सोमबारदेखि सप्तकोशी नदीमा बेपत्ता भएका बालकको खोजी जारी रहेको छ । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-१ का १२ वर्षीय दीपेश मेहता सप्तकोशी नदीमा नुहाउने क्रममा बेपत्ता भएका थिए ।

    गत सोमबार बिहान करिब ९:४५ बजे बराहक्षेत्र नगरपालिका-९ राजाबासस्थित दुई जना साथीसँग कोशी नदीमा पौडी खेल्न गएकामध्ये दुई जना सकुशल निस्किएका थिए भने उनी बेपत्ता भएका सुनसरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापाले जानकारी दिए ।

    सशस्त्र प्रहरीको विपद् व्यवस्थापन तालिम प्राप्त टोली र नेपाल प्रहरीको समन्वयमा बालकको खोजी जारी रहेको उपरीक्षक थापाले बताए । खोजी कार्य बराहक्षेत्र-९ स्थित सप्तकोशी नदी आसपास केन्द्रित गरिएको छ । हालसम्म बालक फेला नपरेका प्रहरीले जनाएको छ ।

    प्रकाशित मिति :श्रावण ७ २०८२ बुधवार - १२:२३:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij