२०८२ भाद्र १२ गते बिहिवार
काठमाडौं । नेपाल धितोपत्र बोर्डले अबदेखि दोस्रो बजारबाट सेयर खरिद गर्दा सेयर लगानीकर्ताले बैंक खातामा रकम भएमात्रै सेयर किन्न पाउने घोषणा गरेको छ ।
बोर्डले आर्थिक वर्ष २०८२\८३ को लागि नीति तथा कार्यक्रम सार्वजनिक गर्दै उक्त व्यवस्था गर्ने घोषणा गरेको हो ।
बोर्डको नीति तथा कार्यक्रममा भनिएको छ,‘दोस्रो बजारबाट धितोपत्र खरिद गर्दा खरिदकर्ताको बैंक खातामा रकम भए पश्चात मात्र कारोबार हुने व्यवस्था गर्ने कार्य अगाडि बढाउने,’ ।
यसैगरी धितोपत्रको प्राथमिक निष्काशन (आईपीओ)मा आवेदन दिनसाथ बैंक खाताको रकम रोक्का हुने व्यवस्था गर्ने भएको छ ।
बोर्डले नीति तथा कार्यक्रमा आईपीओमा आवेदन दिँदा आस्वा सदस्य बैंक वित्तीय संस्थाले सिडिएस एण्ड क्लियरिङबाट ‘एपीआई’ लिए आवेदकको आवेदन तत्कालै ‘सिस्टम भेरीफिलकेसन’ भई, आवेदन रकम रोक्का हुने तथा सोही अनुसार धितोपत्र बाँडफाट पश्चात फुकुवा हुने व्यवस्था गर्ने घोषणा गरेको हो ।
धितोपत्र बजारको प्रणालीगत जोखिम न्यूनिकरण गर्दै लगानीकर्ताको हित प्रवद्र्धन गरी धितोपत्र बजारमा जनविश्वास बढाउन उक्त व्यवस्था गर्न लागिको बोर्डले उल्लेख गरेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij