Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

धादिङ अस्पतालमा कार्यरत १३ स्वास्थ्यकर्मीमा कोरोना पुष्टि ,आपतकालीनबाहेक सबै सेवा बन्द 

धादिङ अस्पतालमा कार्यरत १३ स्वास्थ्यकर्मीमा कोरोना पुष्टि ,आपतकालीनबाहेक सबै सेवा बन्द 


  • 6.6K
    Shares

    धादिङ अस्पतालमा कार्यरत १३ स्वास्थ्यकर्मीमा कोरोना पुष्टि ,आपतकालीनबाहेक सबै सेवा बन्द 

    धादिङ । धादिङ अस्पतालमा कार्यरत १३ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालको आपतकालीनबाहेक सबै सेवा सोमबारदेखि बन्द गरिएको छ ।

    अस्पतालले विज्ञप्ति जारी गर्दै बहिरङ्ग सेवा बन्द गरेको छ । आपत्कालीन सेवा मात्र सञ्चालन गर्ने गरी अस्पताल खोलिएको अस्पतालका सूचना अधिकारी विक्रम विकले जानकारी दिए ।

    यही वैशाख १५ र १७ गते अस्पतालमा कार्यरत स्वाथ्यकर्मीको स्वाब संकलन गरी पठाइएकामा कोरोना संक्रमण पुष्टि भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशनबमोजिम अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र सेवाग्राहीमा थप कोभिड संक्रमण बढ्न नदिन सावधानी अपनाउँदै ओपीडी सेवा बन्द गरिएको हो ।

    अस्पतालले तत्काल स्वास्थ्योपचार गर्नुपर्ने तथा अत्यावश्यक अवस्थामा रहेका सेवाग्राहीलाई मात्र अस्पताल आई भीड कम गराएर कोभिडको जोखिम कम गर्नका लागि सहयोग गरिदिन अनुरोध गरेको छ । रासस

    प्रकाशित मिति :बैशाख २० २०७८ सोमवार - १३:३२:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij