Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

होटल सिराइचुलीले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ नियुक्त

होटल सिराइचुलीले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ नियुक्त


  • 1.2K
    Shares

    • images
    होटल सिराइचुलीले आईपीओ निष्कासन गर्ने,  बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ  नियुक्त

    काठमाडौं । चितवनमा अवस्थित होटल सिराइचुली लिमिटेडले विद्यमान धितोपत्र दर्ता तथा निष्काशन सम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँड सम्बन्धि निर्देशिकाहरुमा भएको व्यवस्था बमोजिम निकट भविष्यमा नियमनकारी निकायहरुबाट आवश्यक स्वीकृति प्राप्त गरी सर्वसाधारणमा प्राथमिक निष्काशन गर्ने भएको छ । कम्पनीले शेयर निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त गरेको छ ।  

    पर्यटकीय नगरी चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १० मा अवस्थित होटल सिराइचुली आधुनिक वास्तुकलाले युक्त चार तारे होटल हो जसमा समकालीन आवास, मल्टिकुजिन रेष्टुरेन्ट, ३ बैक्वट हल, ५ वटा बोर्डरुमहरु, इन्फिनिटी स्विमिङ्ग पुल, रुफटप रेस्टुरेन्ट, पुलसाइड बार, जिम र स्पा सहित उच्चस्तरीय सुविधा सम्पन्न कोठाहरु रहेका छन् । 

    चितवनको व्यस्त शहरको बीच भागमा रहेको होटल सिराइचुलीबाट हिमालय पर्वत शृङ्खलाको दृश्यावलोकन गर्न सकिन्छ भने उत्कृष्ट आतिथ्यताको लागि अत्याधुनिक सजावटका साथ तयार गरिएका कोठाहरु र सुइटहरुमा बसोबास गरी आफ्नो यात्राको थकानलाई मेटाउन सकिने कम्पनीले जनाएको छ । 

    आज भएको सो सम्झौतामा होटल सिराइचुली लिमिटेडको तर्फबाट कम्पनीका अध्यक्ष श्री चुडामणी खनाल तथा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडका तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्री मनिष नारायण जोशीले हस्ताक्षर गरे । निष्काशन कम्पनीका प्रबन्ध संचालक श्री विष्णु कुँवर तथा कम्पनीका संचालक श्री बाबुराम उपाध्याय ज्यूहरुको रोहवरमा सम्झौता पत्रमा हस्ताक्षर कार्यक्रम सम्पन्न गरिएको कम्पनीले जनाएको छ ।   

     

    प्रकाशित मिति :श्रावण ७ २०८२ बुधवार - ११:१४:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij