Logo

२०८२ भाद्र १२ गते बिहिवार

२०८२ भाद्र १२ गते बिहिवार

होटल सिराइचुलीले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ नियुक्त

होटल सिराइचुलीले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ नियुक्त


  • 904
    Shares

    • images
    होटल सिराइचुलीले आईपीओ निष्कासन गर्ने,  बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ  नियुक्त
    images

    काठमाडौं । चितवनमा अवस्थित होटल सिराइचुली लिमिटेडले विद्यमान धितोपत्र दर्ता तथा निष्काशन सम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँड सम्बन्धि निर्देशिकाहरुमा भएको व्यवस्था बमोजिम निकट भविष्यमा नियमनकारी निकायहरुबाट आवश्यक स्वीकृति प्राप्त गरी सर्वसाधारणमा प्राथमिक निष्काशन गर्ने भएको छ । कम्पनीले शेयर निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त गरेको छ ।  

    पर्यटकीय नगरी चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १० मा अवस्थित होटल सिराइचुली आधुनिक वास्तुकलाले युक्त चार तारे होटल हो जसमा समकालीन आवास, मल्टिकुजिन रेष्टुरेन्ट, ३ बैक्वट हल, ५ वटा बोर्डरुमहरु, इन्फिनिटी स्विमिङ्ग पुल, रुफटप रेस्टुरेन्ट, पुलसाइड बार, जिम र स्पा सहित उच्चस्तरीय सुविधा सम्पन्न कोठाहरु रहेका छन् । 

    चितवनको व्यस्त शहरको बीच भागमा रहेको होटल सिराइचुलीबाट हिमालय पर्वत शृङ्खलाको दृश्यावलोकन गर्न सकिन्छ भने उत्कृष्ट आतिथ्यताको लागि अत्याधुनिक सजावटका साथ तयार गरिएका कोठाहरु र सुइटहरुमा बसोबास गरी आफ्नो यात्राको थकानलाई मेटाउन सकिने कम्पनीले जनाएको छ । 

    आज भएको सो सम्झौतामा होटल सिराइचुली लिमिटेडको तर्फबाट कम्पनीका अध्यक्ष श्री चुडामणी खनाल तथा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडका तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्री मनिष नारायण जोशीले हस्ताक्षर गरे । निष्काशन कम्पनीका प्रबन्ध संचालक श्री विष्णु कुँवर तथा कम्पनीका संचालक श्री बाबुराम उपाध्याय ज्यूहरुको रोहवरमा सम्झौता पत्रमा हस्ताक्षर कार्यक्रम सम्पन्न गरिएको कम्पनीले जनाएको छ ।   

     

    प्रकाशित मिति :श्रावण ७ २०८२ बुधवार - ११:१४:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij