२०८२ भाद्र १२ गते बिहिवार
काठमाडौं । काठमाडौंको कालीमाटीस्थित तरकारी बजारमा दोलखाबाट आएको रायोको सागमा विषादीको मात्रा उच्च भेटिएको छ ।
दोलखाबाट ल्याएको रायोको सागमा अर्गानोफस्फेट नाम विषादी ८० प्रतिशतभन्दा बढी भेटिएको हो ।
यो किरा मार्ने विषादी भएकोले ४५ प्रतिशतभन्दा माथि विषादी भेटिएमा पूर्ण रूपमा नष्ट गर्नुपर्ने हुन्छ ।
कालीमाटीस्थित विषादी अवशेष दूर्त विश्लेषण प्रयोगशाला एकाइले दैनिक रूपमा कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिमा आएको तरकारी तथा फलफूलको नमुना परीक्षण गर्ने गरेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij