Logo

२०८२ भाद्र १२ गते बिहिवार

२०८२ भाद्र १२ गते बिहिवार

जंगली च्याउ खाँदा दिदी-भाइको मृत्यु, आमा छोरीको उपचार हुँदै

जंगली च्याउ खाँदा दिदी-भाइको मृत्यु, आमा छोरीको उपचार हुँदै


  • 848
    Shares

    • images
    जंगली च्याउ खाँदा दिदी-भाइको मृत्यु, आमा छोरीको उपचार हुँदै
    images

    काठमाडौं ।  रुकुम पूर्वमा जंगली च्याउ खाएर बिरामी भएका दिदी भाइको मृत्यु भएको छ ।

    भूमे गाउँपालिका ५ सेराबाङमा जंगली च्याउ खाएर बिरामी परेका ३ वर्षीय योजन विक र ७ वर्षिया भाग्य रेखा विकको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय रुकुम पूर्व प्रहरीका अनुसार योजनको सल्यान जिल्ला अस्पतालमा मंगलवार दिउँसो र भाग्य रेखाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मंगलवार राति उपचारका क्रममा मृत्यु भएको हो ।

    च्याउ खाएर गम्भीर बिरामी भएकी ९ वर्षीया आयुषा विकलाई पनि सल्यानबाट दाङ रिफर गरिएको छ भने बिरामी परेकी उनीहरूकी आमा ३५ वर्षीया राजकुमारी विकको रुकुम पश्चिम जिल्ला अस्पतालमा उपचार भइरहेको छ । 

     गत आइतबार एउटै परिवारका चार जनाले जंगली च्याउ खाएपछि बिरामी भएका थिए ।

    प्रकाशित मिति :श्रावण ७ २०८२ बुधवार - १०:२७:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij