२०८२ चैत्र १ गते आइतवार
म्यानमारको सेनाले सैनिक शासनविरुद्ध प्रदर्शन गरिरहेका सातजनालाई गोली प्रहार गरी हत्या गरेको छ।
स्थानीय सञ्चारमाध्यमहरूका अनुसार दुईजनालाई स्वेबो जिल्लाको वेटलेटसहर, दुईजनाको सान राज्य तथा हिसपावा, नोवङकिओ र हपाकान्तमा एक-एक जनाको हत्या गरिएको हो ।
१ फेब्रुअरीमा शासन हातमा लिएपछि हालसम्म म्यानमारमा म्यानमारको सेनाले सात सय ५९ जनाको हत्या गरिसकेको छ। म्यानमारको सेना र सशस्त्र समूहहरू बीच झडप पनि तीव्र बनेको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij