२०८२ भाद्र ८ गते आइतवार
काठमाडौं । जंगली च्याउ खाँदा रुकुम पूर्वमा एकै परिवारका चार बिरामी परेका छन् । त्यसमध्ये एक जनाको मृत्यु भएको छ ।
भुमे गाउँपालिका-५ सेराबाङ बस्ने अन्दाजी ३५ वर्षीया रामकुमारी सुनार, उनकी छोरी ९ वर्षीया आयुषा विक, ६ वर्षीया छोरी भाग्य रेखा विक र छोरा ३ वर्षीय योजन विक साउन २ गते जंगली च्याउ खाएर बिरामी परेका थिए ।
उनीहरू सोमबार उपचारका लागि जिल्ला अस्पताल रूकुमकोट पुगेका थिए । स्वास्थ्य अवस्था सुधार नभएपछि उनीहरूलाई थप उपचारका लागि मंगलबार जिल्लाबाहिर लैजाने क्रममा रामकुमारी, भाग्य रेखा र योजन सिकिस्त बनेका थिए ।
त्यसमध्ये ३ वर्षीय योजनको मंगलबार दिउँसो जिल्ला अस्पताल सल्यानमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका डीएसपी उमाशंकर प्रसाद यादवले जानकारी दिए ।
रामकुमारी र भाग्य रेखाको अवस्था चिन्ताजनक रहेको र थप उपचारका लागि दाङ लगिएको छ । आयुषाको भने रुकुम पश्चिममा रहेको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको र उनको अवस्था मध्यम रहेको डीएसपी यादवले बताए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij