Logo

२०८२ भाद्र १२ गते बिहिवार

२०८२ भाद्र १२ गते बिहिवार

संसद्

भिजिट भिसा प्रकरण: रास्वपा र राप्रपाका नेताहरूसँग सभामुखको छलफल

भिजिट भिसा प्रकरण: रास्वपा र राप्रपाका नेताहरूसँग सभामुखको छलफल


  • 792
    Shares

    भिजिट भिसा प्रकरण: रास्वपा र राप्रपाका नेताहरूसँग सभामुखको छलफल
    images

    काठमाडौं । सभामुख देवराज घिमिरेले भिजिट भिसा प्रकरणमा संसद्‌मा निरन्तर विरोधमा उत्रेका रास्वपा र राप्रपाका नेताहरूसँग छलफल गरेका छन् ।

    सभामुखले कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियासहित रास्वपा कार्यवाहक सभापति डीपी अर्याल र राप्रपा उपाध्यक्ष बुद्धिमान तामाङसँग छलफल गरेका हुन् । 

    सभामुख घिमिरेले भिसा प्रकरणलाई लिएर दुवै दल निरन्तर संसदीय कारबाहीमा सहभागी नभएको भन्दै सरकार र दलहरूबिच संवाद हुन नसक्दा त्यसको असर संसद्‌मा परेको बताएका छन् । 

    उनले दलहरुको सैद्धान्तिक, राजनीतिक  मुद्दाहरूप्रति आफ्नो केही भन्नु नरहेको भन्दै संसदीय गतिविधि प्रभावित नपार्न आग्रह गरेका छन् । 

    छलफलमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री चौरसियाले सरकारले छानबिन समिति बनाएर काम सुरु गरेको भन्दै विपक्षीलाई नजरअन्दाज गरेर सरकार अघि बढ्न नचाहेको बताएका छन् ।

    रास्वपा कार्यवाहक सभापति अर्यालले आफूहरूले उठाएका मुद्दा धेरै गम्भीर भएपनि सम्बोधन गर्न छाडेर सरकारले उल्टै गैरजिम्मेवारी देखाएको बताएका छन् । 

    प्रकाशित मिति :श्रावण ६ २०८२ मंगलवार - १६:०१:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij