२०८२ भाद्र १२ गते बिहिवार
काठमाडौं । चार लाख रुपैयाँ भन्दा बढी नगदसहित क्रिप्टो कारोबार गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरुमा ३१ वर्षीय फुर्वा साङ्गे शेर्पा, ३१ वर्षकै दीपक दर्नाल र ३१ वर्षकै भीमबहादुर तामाङ रहेका छन् ।
पक्राउ परेकाहरुविरुद्ध अभौतिक मुद्राको कारोबार गर्न नहुने सम्बन्धी कसुरमा प्रहरीले काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाएको छ ।
उनीहरुले वैदेशिक रोजगारीमा विदेश जान लागेका व्यक्तिलाई लक्षित गर्दै आर्थिक प्रलोभन देखाउँदै बैंक खाता खोल्न लगाउने र उक्त खाता दुरुपयोग गर्दै ठगीको रकम कारोबार गरेको पाइएको परिसरका एसपी तथा प्रवक्ता अपील राज बोहराले बताएका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij