Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

भक्तपुरमा बसको ठक्करबाट महिलाको मृत्यु, चालक पक्राउ

भक्तपुरमा बसको ठक्करबाट महिलाको मृत्यु, चालक पक्राउ


  • 1.4K
    Shares

    • images
    भक्तपुरमा बसको ठक्करबाट महिलाको मृत्यु, चालक पक्राउ

    काठमाडौं । भक्तपुरमा बसको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ। 

    सूर्यविनायक नगरपालिका-८ इटभुचोकमा मंगलबार बिहान सवा ११ बजेतिर काठमाडौँबाट बनेपातर्फ जाँदै गरेको बा.५ ख ४७८२ नम्बरको मयुर यातयातको बसले ठक्कर दिँदा पदैलयात्री महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ।

    मृत्यु हुनेमा भक्तपुर नगरपालिका-४ मंगलाछेँ घर भई हाल भक्तपुरको आदर्श बस्दे आएकी ७१ वर्षीया सुवर्णकेशरी श्रेष्ठ रहेकी प्रहरी परिसर भक्तपुरका डीएसपी ढुण्डीराज नेउपानेले जानकारी दिए। 

    सडक क्रस गर्ने क्रममा बसले ठक्कर दिदाँ गम्भीर घाइते भएकी श्रेष्ठलाई उपचारको लागि भक्तपुर अस्पताल लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको हो। 

    ठक्कर दिने बस र त्यसका चालक नुवाकोट शिवपुरी गाँउपालिका-२ छाप घर भई हाल काठमाडौंको नारायणस्थान बस्ने २८ वर्षीय निलकुमार तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

    प्रकाशित मिति :श्रावण ६ २०८२ मंगलवार - १२:३४:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij