Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

रुद्रीपूजाको प्रसाद खाने २५ जना बिरामी, धमाधम अस्पताल भर्ना

रुद्रीपूजाको प्रसाद खाने २५ जना बिरामी, धमाधम अस्पताल भर्ना


  • 4.3K
    Shares

    रुद्रीपूजाको प्रसाद खाने २५  जना बिरामी,  धमाधम अस्पताल भर्ना

    सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका–६ मा रुद्रीपूजाको प्रसाद खाँदा २५ जना बिरामी परेका छन् ।

    लालबन्दी नगरपालिका–६ का घमबहादुर कार्कीको घरमा शुक्रबार लगाइएको रुद्री पूजाको प्रसाद खाँदा २५ जना स्थानीय बिरामी भएका हुन् ।

    प्रसाद खाँदा जमुना बस्नेत, दुर्गाकुमारी अधिकारी, रमेश अधिकारी, उमेश देवकोटा, लालप्रसाद शर्मा, मनोजकुमार बराल, दिपेन्द्र अधिकारी, सलिना तामाङ पूजा लगाउने घमबहादुर कार्की, उनकी श्रीमती, छोराछोरीसमेत बिरामी परेका छन् । उनीहरुले सेलरोटी, पुरी, तरकारी, अचार र दही खाएका थिए ।

    शुक्रबारदेखि नै उनीहरुमा पेट दुख्ने, सामान्य ज्वरो आउने समस्या देखिएको थियो । आइतबार रातिदेखि उनीहरू धमाधम अस्पताल भर्ना हुन थालेका हुन् । बिरामी भएका उनीहरूमा अत्यधिक झाडापखाला लाग्ने, वान्ता हुने, उच्च ज्वरो, पेट दुख्ने र टाउको दुख्ने समस्या देखिएको छ ।

    प्रसादीमा रुख कटहरको तरकारी नखानेहरू बिरामी नपरेका पाइएको स्थानीयवासी मनोजकुमार बरालले बताए । बरालको घरका तीन जना बिरामी परेका छन् ।

    त्यसैगरी जमुना बस्नेतको घरमा दुई, सोही घरमा कोठा भाडामा लिएर बस्ने दुई, दीपेन्द्र अधिकारी, उनकी छोरी र छोरा तथा घरभाडामा बस्ने सलिना तामाङसहित चार, पूजा लगाउने घरका चार र भाडामा बस्ने दुई, उमेश देवकोटा, लालप्रसाद शर्मासहित अरु पाँच÷छ जना छिमेकी बिरामी परेका हुन् ।

     बिरामी परेकाहरूको लालबन्दीको मोडेल, सूर्योदय, सिटी केयर र गढीमाई अस्पतालमा उपचार भइरहेको छ । रासस

    प्रकाशित मिति :बैशाख २० २०७८ सोमवार - १२:४७:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij