Logo

२०८२ भाद्र १२ गते बिहिवार

२०८२ भाद्र १२ गते बिहिवार

पीडितकै डेरामा आश्रय लिएर पटक पटक बलात्कार

पीडितकै डेरामा आश्रय लिएर पटक पटक बलात्कार


  • 876
    Shares

    पीडितकै डेरामा आश्रय लिएर पटक पटक बलात्कार
    images

    काठमाडौं । मधेश प्रदेशका पुर्वप्रमुख राजेश झा (अहिराज) अहिले भद्रकाली स्थित जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा छन् । रौतहट घर भएका अहिराजविरुद्ध बलात्कार गरेको आरोप छ । आफूलाई बलात्कार गरेको भन्दै २३ वर्षीया युवतीले उनीविरुद्ध काठमाडौं प्रहरीमा जाहेरी दिएकी थिइन् ।

    २०७७ फागुनमा मधेश प्रदेशका प्रमुख भएका अहिराज र पीडितका परिवारसँग ‘पारिवारिक’ सम्बन्ध थियो । काठमाडौं आउजाउ गर्दा उनी नयाँ बानेश्वरस्थित पीडित परिवारकहाँ बस्ने गर्थे ।

    पत्रकारिता गरेर अघि बढेका अहिराज समाजमा चिनिएका पात्र थिए । पीडित परिवारले उनको ‘पहुँच’ माथिसम्म भएको भनेर आश्रय दिइरहन्थे । आश्रय लिएर उनले युवतीलाई बलात्कार गरे । पीडितका परिवारले सामान्य कमाई हुने व्यवसाय गरेर जीविकोपार्जन गरिरहेका थिए । त्यस्तोमा ती युवतीले आफूमाथि धेरै पटक बलात्कार गरेको पीडितले जाहेरीमा लेखेकी छन् ।

    बलात्कारको घटना परिवारका सदस्यले थाहा पाए । त्यसपछि घटना मिलाउन अहिराजले रकम दिने आश्वासन दिन थाले । चार लाख रुपैयाँ दिएर उनले घटना दबाउने प्रयास गरेको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् । जिल्ला प्रहरी परिसर काठमाडौंका एक अधिकृत भन्छन्, ‘युवतीको खातामा एकपटक चार लाख डिपोजिट भएको देखिन्छ ।’

    अहिराजले सो रकम युवतीले आफूसँग ‘बार्गेनिङ’ गरेर लिएको जिकिर गरेका छन् । तर, युवतीकै नाममा डिपोजिट भएको हुनाले बार्गेनिङ पुष्टि नभएको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् ।  

    पीडितले २०८१ माघ ३ मा उनीविरुद्ध बलात्कार जाहेरी दिइन् । आफूविरुद्ध प्रहरीमा जाहेरी पुगेपछि अहिराजले युवतीविरुद्ध आपराधिक लाभ ९(एक्सटर्सन) सम्बन्धी कसुरमा जाहेरी दिए । प्रहरीले सो कसुरमा पीडितसँग बयान लिएर ‘हाजिर जमानी’मा रिहा गरेको थियो । पीडितले आफूलाई ५० लाख रुपैयाँ मागेको अहिराजले दाबी गरेका छन् । अनुसन्धान अधिकृतहरूसँग उनले भनेका छन्, ‘मसँग ५० लाख माग गरेका थिए, ४ लाख दिएको हुँ ।’

    बलात्कार कसुरमा २०८१ चैत २५ मा अदालतबाट पुर्जी जारी भएसँगै अहिराज फरार भएका थिए । अहिराज फरार भए पनि उनको जाहेरीको आधारमा प्रहरीले पीडितसँग बयान लिएको थियो । बयानमा पीडितले चुनौती दिइन्, ‘मविरुद्ध आपराधिक लाभ पुष्टि गर्नुस्, कारबाही भोग्न तयार छु ।’

    अहिराजविरुद्ध काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिल बोहराले  बताए ।

    अहिराजले आफूमाथिको आरोप ‘इन्कार’ गरेका छन् । बलात्कार र आपराधिक लाभविरुद्ध दुई वटा मुद्दा कसरी बढाउने भन्नेबारे सरकारी वकिल कार्यालयसँग समन्वय गरेर निर्णय लिइने एसपी बोहराले बताए ।

    प्रकाशित मिति :श्रावण ५ २०८२ सोमवार - १८:४५:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij