Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

कर्मचारीलाई कोरोना देखिएपछि टोखा नगरपालिकामा अत्यावश्यकबाहेकका सेवा बन्द

कर्मचारीलाई कोरोना देखिएपछि टोखा नगरपालिकामा अत्यावश्यकबाहेकका सेवा बन्द


  • 4.7K
    Shares

    कर्मचारीलाई कोरोना देखिएपछि टोखा नगरपालिकामा अत्यावश्यकबाहेकका सेवा बन्द

    काठमाडौँ । टोखा नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीलाई कोरोना सङ्क्रमण देखिएपछि अत्यावश्यकबाहेकका सबै सेवा बन्द गरिएको छ ।

    काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखाले आइतबार एक विज्ञप्ति जारी गरी नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोरोना सङ्क्रमण जनप्रतिनिधि र कर्मचारीमा देखिएपछि आगामी वैशाख ३० गतेसम्म नगरपालिका र वडाभित्रका अत्यावश्यकबाहेकका सबै सेवा बन्द गरिएको जानकारी दिएको हो ।

    नगरपालिकाका प्रवक्ता बच्चुराज बस्यालले नगरपालिका तथा वडाका जनप्रतिनिधिलाई कोरोना सङ्क्रमण देखिएकाले वैशाख ३० गतेसम्म अत्यावश्यक सेवाबाहेक अन्य सेवा बन्द गरिएको बताए ।

    नगरपालिकाले जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट जारी आदेश पूर्ण पालना गर्न, घरबाहिर ननिस्कन, निस्कनै परे अनिवार्य मास्क र स्यानिटाइजरको प्रयोग गर्न, कम्तीमा दुई मिटर सामाजिक दूरी कायम गर्न नगरवासीलाई आग्रह गरेको छ ।

    यस्तै नियमितरूपमा साबुनपानीले हात धुन, सेल्फ क्वारेन्टिनलाई निरन्तरता दिई आफू पनि बाँच्न र अरुलाई पनि बचाउन अनुरोधसमेत गरेको छ । टोखाले बढ्दो कोरोना सङ्क्रमितलाई ध्यानमा राखेर अक्सिजन थेरापीसहितको आइसोलेसन केन्द्र निर्माण गर्न लागेको छ ।

    नयाँ भेरियन्टको दोस्रो चरणको कोरोना सङ्क्रमण देखिएसँगै वडा नं ७ स्थित राधा स्वामी भवनभित्र अक्सिजन थेरापीका लागि आइसोलेसन केन्द्र स्थापना गर्न लागेको नगरप्रमुख प्रकाश अधिकारीले जानकारी दिए ।

    “अक्सिजन थेरापीसहित आइसोलेसन केन्द्र स्थापना भएसँगै अक्सिजन मात्रा कम भएका बिरामीलाई अक्सिजन उपलब्ध गराउन सहज हुन्छ”,  उनले भने ।

    यसअघि टोखाले कोरोना सङ्क्रमित बिरामीको उपचारका लागि वडा नं २ मा रहेको टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रमा बिरामी राख्ने व्यवस्था गरेको थियो । सोही स्वास्थ्य केन्द्रमा आगामी दिनमा पनि बिरामीको उपचार गरिने नगरपालिकाले जनाएको छ ।

     

    प्रकाशित मिति :बैशाख २० २०७८ सोमवार - १२:३८:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij