Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

३१ वर्षीय विमलेश यादवको हत्या गरेको आरोपमा एक युवती पक्राउ

३१ वर्षीय विमलेश यादवको हत्या गरेको आरोपमा एक युवती पक्राउ


  • 1.6K
    Shares

    • images
    ३१ वर्षीय विमलेश यादवको  हत्या गरेको आरोपमा एक युवती पक्राउ

    काठमाडौं । महोत्तरी गाउँँपालिका-१ का ३१ वर्षीय विमलेश यादवको हत्या आरोपमा प्रहरीले एक युवतीलाई पक्राउ गरेको छ । प्रहरीले हत्यामा संलग्न युवतीको नाम र ठेगाना भने खुलाएको छैन ।

    यादवको हत्यामा विवाहेतर सम्बन्ध कारण रहेको प्रहरीको प्रारम्भिक अनुमान गरीएको छ । धनुषाका प्रहरी नायब उपरीक्षक वरुणबहादुर सिंहले शनिबार राति जनकपुरको होटेल एसपी एन्ड गेस्टहाउसमा छुरा प्रहार गरी एक तलाबाट खसालेर यादवको हत्या गरिएको जानकारी दिएका छन् । 

    शनिबार राति यादव एक युवतीसहित होटेलमा पसेको सीसीटीभी फुटेजमा देखिन्छ  भने त्यसको करिब पाँच घण्टापछि बिहान २ बजेर ५७ मिनेटमा यादव नग्न र रक्ताम्य अवस्थामा होटेलको पहिलो तलाबाट खसेको सीसीटीभी फुटेजमा देखिन्छ ।

    युवती तल ओर्लेर दायाँबायाँ, तलमाथि हेर्दै खसेका युवकको छेउबाट भागेको दृश्य सीसीटीभी क्यामेरामा कैद रहेको उनले बताएका छन् ।

    प्रादेशिक अस्पताल जनकपुरमा उपचारका क्रममा यादवको मृत्यु भएको थियो । अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीका अनुसार, सीसीटीभी फुटेजका आधारमा ती युवतीमाथि नै अनुसन्धान केन्द्रित रहेको बताएका छन् ।

     

    प्रकाशित मिति :श्रावण ५ २०८२ सोमवार - १४:२०:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij