२०८२ भाद्र १२ गते बिहिवार
काठमाडौं । सिधाकुरा डटकमको ‘डार्क फाइल’ कार्यक्रमलाई फेक अडियो उपलब्ध गराएको अभियोगमा सजाय तोकिएका राजकुमार तिमल्सिना पक्राउ परेका छन् ।
उनी इटहरीबाट पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी योगराज खतिवडाले जानकारी दिएका छन् ।
सर्वोच्च अदालतका न्यायाधीश, कानुन व्यवसायी र पत्रकारलाई लाञ्छना लगाउने गरी तयार गरिएको सो अडियो ‘फेक’ भएको पुष्टि भएको थियो । उनलाई सर्वोच्च अदालतले दोषी ठहर गर्दै गत असोजमा ६ महिना सजाय तोकेको थियो ।
अदालतले दुई पत्रकारलाई सर्तसहित ३ महिनाको कैद सजाय सुनाएको थियो भने तिमल्सिनालाई सर्त विना ६ महिना सुनाइएको थियो।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij