२०८२ भाद्र १२ गते बिहिवार
काठमाडौं । नेपाल प्रहरीको वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) मा बढुवाका लागि ११ जनाको नाम सिफारिस भएको छ ।
बढुवा समितिका सदस्यसचिव प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीद्वारा जारी विज्ञप्ति अनुसार ११ जनालाई एसएसपीमा बढुवा गर्न सिफारिस गरिएको हो ।
बढुवाका लागि सिफारिस हुनेहरुमा तुलबहादुर कार्की, राकेश सिंह,राजीवबहादुर बस्नेत, कमल थापा, प्रवीण धिताल, प्रकाश रानाभाट, ज्ञानेन्द्रप्रसाद फुयाल, दीपक पोखरेल, दयानिधि ज्ञवाली, दीपेन्द्र शाही र केदार खनाल रहेका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij