Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

कोरोना सङ्क्रमणबाट पोखरामा एक जनाको मृत्यु

कोरोना सङ्क्रमणबाट पोखरामा एक जनाको मृत्यु


  • 1.3K
    Shares

    कोरोना सङ्क्रमणबाट पोखरामा एक जनाको मृत्यु
    images

    काठमाडौं ।  पोखरामा कोरोना सङ्क्रमणबाट एक महिलाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक खीमबहादुर खड्काले यसको पुष्टि गरेका हुन् ।  ‘७४ वर्षको महिला उपचारका लागि आउनुभएको रहेछ । ८ दिन अघि कोरोना डिकेक्ट भएको र हिजो मृत्यु भयो भन्ने आएको छ,’ उनले भने । 

    उनी चरक अस्पतालमा उपचाररत थिइन् । उनलाई उच्च रक्तचाप र मधुमेह पनि देखिएको अस्पताल प्रशासनले जनाएको छ । ‘अरू बिरामी पनि थिए भन्ने छ । कोरोना पनि एसोसियट हुन आयो,’ खड्काले भने, ‘अरू कारण पनि हुन सक्छन् । तर कोरोना भन्ने पुष्टि भएको हो ।’

    गण्डकीमा अहिले कोरोना सङ्क्रमणको दर बढ्न थालेको निर्देशनालयले जनाएको छ । हाल प्रदेशभर ८ जना सङ्क्रमित उपचाररत रहेका छन् । तीमध्ये कास्कीमा ५ जना छन् भने बागलुङमा २ र स्याङ्जामा एक जना छन् ।

    प्रकाशित मिति :श्रावण ५ २०८२ सोमवार - १२:०६:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij