Logo

२०८२ भाद्र १२ गते बिहिवार

२०८२ भाद्र १२ गते बिहिवार

दुई हाइड्रोपावर कम्पनीले आइपीओ जारी गर्न बोर्डसँग माग्दै अनुमति

दुई हाइड्रोपावर कम्पनीले आइपीओ जारी गर्न बोर्डसँग माग्दै अनुमति


  • 1.1K
    Shares

    दुई हाइड्रोपावर कम्पनीले आइपीओ जारी गर्न बोर्डसँग माग्दै अनुमति
    images

    काठमाडौं । दुईवटा हाइड्रोपावर कम्पनीले आइपीओ ल्याउने प्रक्रिया अगाडि बढाएको छ। 

    यी दुवै कम्पनीले नेपाल धितोपत्र बोर्डमा आइपीओ जारी गर्न अनुमति माग्दै निवेदन दिएका छन्।

    धितोपत्र बोर्डमा आइपीओ अनुमति माग्नेमा भिजन इनर्जी एन्ड पावर र ह्वाइटहाउस पावर रहेको छ। प्रबन्धकका रुपमा भिजन इनर्जीको एनआईएमबी एस क्यापिटल र ह्वाइट हाउस पावरको नेपाल एसबीआई मर्चेन्ट रहेको छ ।

    धितोपत्र बोर्डले अनुमति दिएमा भिजन इनर्जीले ८३ करोड रुपैयाँ र ह्वाइट हाउस पावरले १२ करोड १९ लाख रुपैयाँबराबरको आइपीओ जारी गर्ने भएको छ।

    भिजन इनर्जीले १०० रुपैयाँ अंकितदरका कुल ८३ लाख कित्ता र ह्वाइट हाउस पावरले १२ लाख १९ हजार कित्ता साधारण शेयरको सार्वजनिक निष्कासन गर्ने भएको छ।

    प्रकाशित मिति :श्रावण ५ २०८२ सोमवार - ११:२०:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij