Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

आज विश्व प्रेस स्वतन्त्रता दिवस : गलत सूचनाविरुद्ध पत्रकारको काम खोप जत्तिकै

आज विश्व प्रेस स्वतन्त्रता दिवस : गलत सूचनाविरुद्ध पत्रकारको काम खोप जत्तिकै


  • 4.1K
    Shares

    आज विश्व प्रेस स्वतन्त्रता दिवस : गलत सूचनाविरुद्ध पत्रकारको काम खोप जत्तिकै

    काठमाण्डौ । आज मे महिनाको ३ तारिख अर्थात विश्व प्रेस स्वतन्त्रता दिवस । यस वर्ष ‘सार्वजनिक सम्पत्तिका रुपमा सूचना’ भन्ने नाराका साथ दिवस मनाइँदै छ ।

    सन् १९९३ मा संयुक्त राष्ट्रसङ्घको साधारणसभाले घोषणा गरेपछि यूनेस्कोको आह्वानमा मे ३ मा विश्व प्रेस स्वतन्त्रता दिवस मनाउन थालिएको हो ।

    कोरोनाको प्रभावका कारण भौतिकरुपमा सहभागी भइ कार्यक्रम गर्ने अवस्था नरहे पनि डिजिटल संवाद, छलफल तथा सञ्चारमाध्यममा सामग्री प्रकाशन र प्रसारणमार्फत् गरेर दिवस मनाइँदैछ ।

    यसैबीच प्रेस स्वतन्त्रता सूचकाङ्कमा नेपालले ६ स्थान सुधार गरेको छ । रिपोर्टर विदआउट बोर्डरले प्रकाशित गरेको प्रेस स्वतन्त्रता सूचकाङ्कमा नेपाल अघिल्लो वर्ष १ सय १२ औं स्थानमा रहेकोमा यो वर्ष ६ स्थान सुधार गरेर एक सय ६ औं स्थानमा पुगेको हो ।

    एक सय ८० देश समावेश रहेको रिपोर्टका अनुसार छिमेकी देश भारत एक सय ४२ औं स्थानमा छ । नर्वे सबैभन्दा राम्रो प्रेस स्वतन्त्रता भएको देश बनेको छ । रिपोर्टर विदाउट बोर्डरले कोरोना महामारीको समयमा पत्रकारले गलत सूचनाको विरुद्धमा खोप जत्तिकै प्रभावकारी रुपमा काम गरिरहेको जनाएको छ ।

    महामारीको जोखिमका बीचमा पनि संसारभरका पत्रकारले गलत सूचना रोक्न प्रयास गरिरहेको र सूचनाकै माध्यमबाट कयौँको ज्यान जोगाएको पनि खबरमा उल्लेख छ ।

    प्रकाशित मिति :बैशाख २० २०७८ सोमवार - १२:२५:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij