Logo

२०८२ भाद्र १२ गते बिहिवार

२०८२ भाद्र १२ गते बिहिवार

एकै वर्षमा २९ जनाले त्यागे नेपाली नागरिकता

एकै वर्षमा २९ जनाले त्यागे नेपाली नागरिकता


  • 876
    Shares

    एकै वर्षमा २९ जनाले त्यागे नेपाली नागरिकता
    images

    काठमाडौं । आर्थिक वर्ष ०८१/०८२ मा स्याङ्जामाबाट एकै वर्षमा २९ जना नेपाली नागरिकले नागरिकता त्याग गरेका छन् ।

    नेपाली नागरिकता परित्याग गरेर सबैभन्दा धेरै नौ जनाले अमेरिकी र पाँच जनाले बेलायती नागरिकता लिएका हुन् । यस्तै क्यानडा र हङकङ तीनरतीन जना, दुईरदुई जनाले अष्ट्रेलिया, पोर्चुगल र भारतको नागरिकता लिएका छन् ।

    यस्तै नेपाली नागरिकता परित्याग गरेर जापान, फिन्ल्याड र नर्वेको एक एक जनाले नागरिएका लिएका हुन् ।  विसं। २०६७/२/३ देखि असार मसान्तसम्म १०६ जनाले नेपाली नागरिकता परित्याग गरेका हुन् । 

    डीभी, पीआर लिएका र विदेशी नागरिकसँग विवाह गरेकाले नागरिकता त्याग गरेको सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले बताउनुभयो । उहाँले विदेशी नागरिकता लिने प्रक्रिया थालेसँगै नेपाली नागरिकता परित्याग गर्नुपर्ने बताए ।  

    राजनीतिक अस्थिरता, भ्रष्टाचार, बेरोजगार, शिक्षा र स्वास्थ्यलाई मुख्य कारण देखाउदै विदेशी मूलुक छिरेका नेपाली नागरिक पछि उतै रमाउने र अन्ततः उतैका नागरिक भएर बस्ने गरेका हुन् । यस्तै यहाँ एक जनाले हङकङको नागरिकता त्याग गरेर नेपाली नागरिकता लिएको छ ।

    यस्तै    यस आर्थिक वर्षमा १६ जना भारतियले अङ्गिकृत नेपाली नागरिकता लिएका छन् भने २० जनाले गैर आवासिय नेपाली नागरिकता लिएका छन् ।

    नेपाली युवासँग बिवाह गर्ने विदेशी युवतिले वैवाहिक अङ्गिकृत नागरिकता लिएका हुन् भने नेपालबाट विभिन्न कारण विदेश गएका र लामो समय बसेर विदेशको नागरिकता पाएका र नेपालको परित्याग गरेकालाई यो नागरिकता प्रदान गरिएको हो ।

    गैर आवासिय नेपाली नागरिकता लिनेलाई नेपालको राजनैतिक अधिकार र सरकारी जागिरको अवसर बाहेक सबै सेवाहरु व्यापार व्यवसाय, घर जग्गा खरिद लगायतका कारोबार गर्न पाउने सप्रजिअ पौडेलले बताउनुभयो । यस्तै, यसै आबमा १० जनाको नागरिकता र एक जनाको प्रतिलिपि नागरिकता रद्द प्रशासनले गरेको छ ।

    आर्थिक वर्ष ०८१ र०८२ स्याङ्जाबाट वंशजतर्फ सात हजार ८५५ नयाँ, प्रतिलिपि आठ हजार ४८१, अङ्गिकृत १६ र गैरवासिय गरेर १६ हजार ३७२ जनाले नागरिकता लिएका छन् । यस्तै ११ हजार भने ११ हजार ८४२ राहदानी सिफारित भएको छ ।

    प्रकाशित मिति :श्रावण ५ २०८२ सोमवार - ०९:२७:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij