Logo

२०८२ भाद्र १२ गते बिहिवार

२०८२ भाद्र १२ गते बिहिवार

धनगढीमा आइतबार राति आगलागी, ३ पसलका ८ वटा सटर जले

धनगढीमा आइतबार राति आगलागी, ३ पसलका ८ वटा सटर जले


  • 897
    Shares

    धनगढीमा आइतबार राति आगलागी, ३ पसलका ८ वटा सटर जले
    images

    धनगढी । कैलाली सदरमुकाम धनगढीमा आगलागी भएको छ । धनगढी उपमहानगरपालिका–४ को नास्ट कलेज नजिकै आइतबार राति आगलागी भएको हो ।

    स्थानीय बिश्व प्रकाश कँडेलले सञ्चालन गर्दै आएको हेलेन ट्रेड सप्लायर्सबाट लागेको आगोले भीषण रूप लिएको थियो । आगलागीबाट हेलेन सप्लायर्सका चार वटा सटर, परिवर्तन इन्पेक्स (कपडाको होलसेल पसल)का, तीन सटर र सेन्टर पोइन्ट रेस्टुरेन्टको एउटा सटर गरी जम्मा आठ वटा सटरहरूमा क्षति भएको प्रहरीले जनाएको छ ।

    आगो नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक बाल नरसिंह राणाको कमाण्डमा ४५ जनाको प्रहरी टोली र सशस्त्र प्रहरी बल ३४ नं. हेडक्वार्टर कैलालीबाट सशस्त्र प्रहरी निरीक्षक सरोज खतिवडाको नेतृत्वमा २५ जनाको टोली  खटिएको थियो ।

    राति १० बजेर ५० मिनेटमा बिजुलीको तार सर्ट भएर लागेको आगो मध्यराति १२ बजे नियन्त्रणमा लिइएको थियो । धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिकाको दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।

    आगलागीबाट ठूलो क्षति भएको अनुमान छ । प्रहरीले क्षतिको विवरण संकलनको काम भइरहेको जनाएको छ ।

    राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सक्रिय मनसुन रहेको, देशव्यापी रुपमा पानी परिरहेको भए पनि आगलागीको घटना उल्लेख्य भएका छन् ।

    यही साउन ३ गते बिहान १० बजेदेखि ४ गते बिहान १० बजेसम्म मात्रै ६ वटा आगलागीका घटना भएका छन् । त्यसबाट ६ जनाको निधन भएको छ भने एक घाइते भएका छन् । आगलागीबाट ४० परिवार प्रभावित भएका छन् ।

    प्रकाशित मिति :श्रावण ५ २०८२ सोमवार - ०६:५३:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij