२०८२ भाद्र १२ गते बिहिवार
काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका–८ पिपलडाँडा खेल मैदानको बारमा एक महिला झुण्डिएको अवस्थामा फेला परेकी छिन् ।
कालो कपडा, कालो झोला र कालै जुत्ता लगाएकी ती महिला सोमबार बिहान झुण्डिएको अवस्थामा फेला परेकी हुन् ।
पिपलडाँडा खेल मैदानमा अहिले स्थानीयको ठूलो भीड लागेको छ ।
ती महिला को हुन् भन्ने बारेमा केही खुलेको छैन । प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेकाे छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij