२०८२ भाद्र १२ गते बिहिवार
काठमाडौं । किशोरीहरूलाई डिम्बको कोरोबारमा संलग्न गराएको घटना बाहिरिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले छानबिन समिति गठन गरेको छ ।
प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा.ज्वाला थापाको संयोजकत्वमा तीन सदस्य समिति गठन गरिएको हो । समितिमा डाक्टर सरोज शर्मा, डा.सुनिता लम्साल र कानुन शाखाका अधिकृत सुरेश चौलागाई रहेका छन् ।
इनभिट्रो फर्टिलाइजेसन सेन्टर (आइभीएफ) को कार्यप्रति प्रश्न उठेपछि तीन सदस्य छानबिन समिति गठन गरिएको मन्त्रालयका वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक तथा सूचना अधिकारी डा। भक्त केसीले जानकारी दिएका छन् ।
यस अवैध कार्यमा संलग्न भनिएको होप फर्टिलिटी एन्ड डायग्नोस्टिक प्रालि र एन्जल फर्टिलिटी क्लिनिकमाथि छानबिन गर्न समिति गठन गरिएको छ ।
अन्य दुई आईभीएफ सेन्टरले पनि १८ वर्ष मुनिका किशोरीको डिम्बको कारोबार गरेको आशंकाका आधारमा समितिले छानबिन गरिरहेको जानकारी दिएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij