Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

किशोरीको डिम्बको कारोबारमा छानबिन गर्न स्वास्थ्य मन्त्रालयद्वारा समिति गठन, दुई आईभीएफ सेन्टरमाथि पनि छानबिन

किशोरीको डिम्बको कारोबारमा छानबिन गर्न स्वास्थ्य मन्त्रालयद्वारा समिति गठन, दुई आईभीएफ सेन्टरमाथि पनि छानबिन

  • 1.1K
    Shares

    • images
    किशोरीको डिम्बको कारोबारमा छानबिन गर्न स्वास्थ्य मन्त्रालयद्वारा समिति गठन,  दुई आईभीएफ सेन्टरमाथि पनि छानबिन

    काठमाडौं ।  किशोरीहरूलाई डिम्बको कोरोबारमा संलग्न गराएको घटना बाहिरिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले छानबिन समिति गठन गरेको छ । 

    प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा.ज्वाला थापाको संयोजकत्वमा तीन सदस्य समिति गठन गरिएको हो । समितिमा डाक्टर सरोज शर्मा, डा.सुनिता लम्साल र कानुन शाखाका अधिकृत सुरेश चौलागाई रहेका छन् । 

    इनभिट्रो फर्टिलाइजेसन सेन्टर (आइभीएफ) को कार्यप्रति प्रश्न उठेपछि तीन सदस्य छानबिन समिति गठन गरिएको मन्त्रालयका वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक तथा सूचना अधिकारी डा। भक्त केसीले जानकारी दिएका छन् । 

    यस अवैध कार्यमा संलग्न भनिएको होप फर्टिलिटी एन्ड डायग्नोस्टिक प्रालि र एन्जल फर्टिलिटी क्लिनिकमाथि छानबिन गर्न समिति गठन गरिएको छ ।

    अन्य दुई आईभीएफ सेन्टरले पनि १८ वर्ष मुनिका किशोरीको डिम्बको कारोबार गरेको आशंकाका आधारमा समितिले छानबिन गरिरहेको जानकारी दिएको छ ।

    प्रकाशित मिति :श्रावण ४ २०८२ आइतवार - १६:५४:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij