२०८२ भाद्र १२ गते बिहिवार
काठमाडौं । सङ्घीय निजामती सेवा विधेयकमा नेकपा एमाले राष्ट्रिय सभाका ५ जना सांसदले कुलिङ पिरियडको विपक्षमा संशोधन हालेका छन् ।
उनीहरुले निजामती सेवामा कुलिङ पिरियड लागु गर्ने प्रावधान नराखी ऐन बनाउनुपर्ने प्रस्ताव गरेका हुन् ।
एमाले राष्ट्रिय सभा सदस्य गोपाल भट्टराईले ५ जना सांसदले विधेयकमा संशोधन हालेको पुष्टि गरेका छन् । उनले सोनाम गेल्जेन शेर्पा, इन्दिरादेवी गौतम, रुक्मिणी कोइराला, सुमित्रा बिसी र आफूले संशोधन हालेको बताएका छन् ।
सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा राष्ट्रियसभामा एमालेका ५ सहित १६ ओटा संशोधन प्रस्ताव परेका छन् ।
राष्ट्रियसभाको विधि व्यवस्थापन महाशाखाले ४३ सांसदले १६ संशोधन प्रस्ताव दर्ता गरेको जानकारी दिएको छ । सांसदहरूलाई संशोधन हाल्ने समय शुक्रबार ५ बजेसम्म रहेको थियो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij