Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत ६ जना संक्रमितको मृत्यु

लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत ६ जना संक्रमितको मृत्यु


  • 10.1K
    Shares

    लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत ६ जना संक्रमितको मृत्यु

    रुपन्देहीमा उपचाररत ६ जना कोभिड–१९ संक्रमितको मृत्यु भएको छ। लुम्बिनी प्रादेशिक अस्पतालका अनुसार पछिल्लो २४ घण्टामा रुपन्देही, अर्घाखाँची, कपिलवस्तु र सल्यानका गरि ६ जनाको मृत्यु भएको हो।

    सूचना अधिकारी डा. विष्णु गौतमका अनुसार रुपन्देही बुटवल–४ का ८४ वर्षीय पुरुष, बुटवल–९ का ६१ वर्षीय पुरुष, बुटवल–११ का ६५ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको छ।

    यस्तै धातिवाङ अर्घाखाँचीका ७५ वर्षीय पुरुष, शिवराज ७ कपिलवस्तुका ४३ वर्षीय पुरुष र शारदा ११ सल्यानका ४३ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो।

     

    प्रकाशित मिति :बैशाख २० २०७८ सोमवार - १२:२०:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij