Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

होटल सञ्चालक कुँवरको हत्या आरोपमा तीन युवक पक्राउ

होटल सञ्चालक कुँवरको हत्या आरोपमा तीन युवक पक्राउ


  • 6.3K
    Shares

    होटल सञ्चालक कुँवरको हत्या आरोपमा तीन युवक पक्राउ

    गुल्मी । प्रहरीले गुल्मीको इश्मा गाउँपालिका–२ घर भई सोही गाउँपालिका–१ छिनुवा खोलास्थित न्यू भूमरी होटलका सञ्चालक २३ वर्षीय मोतीबहादुर कुँवरको हत्या आरोपमा तीन जनालाई पक्राउ गरेको छ ।

    प्रहरीका अनुसार पक्राउ पर्नेमा इश्मा गाउँपालि–१ का २० वर्षीय सुशीकुमार र १८ वर्षीय २ युवकहरु छन् । उनीहरुलाई प्रहरीले घटना भएको ८ महिना पछि गत शुक्रबार पक्राउ गरेको जनाएको छ ।

    प्रहरीका अनुसार गत वर्षको २२ भदौमा आफ्नै होटलभित्र रगताम्य अवस्थामा उनी फेला परेका थिए । बेहोस अवस्थामा फेला परेका उनलाई जिल्ला अस्पताल लैजादै गर्दा बाटैमा मृत्यु भएको थियो ।

    प्रहरी अनुसन्धानअनुसार २१ भदौ राती मोतीबहादुरको होटलमा रक्सी पिउने क्रममा २०७७ भदौ ३ गते तीजको मेला हेर्न राहाले जाँदा मोतीबहादुरले बाटोमा बसेका युवायुवतीलाई लाइट देखाएको विषयको विवाद सुरु भएपछि झगडा हुँदा उक्त घटना भएको खुल्न आएको छ ।

    प्रकाशित मिति :बैशाख २० २०७८ सोमवार - १२:१८:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij