Logo

२०८२ भाद्र १२ गते बिहिवार

२०८२ भाद्र १२ गते बिहिवार

बालकको पेटमा अड्किएको कैंची शल्यक्रियाबाट निकालियो

बालकको पेटमा अड्किएको कैंची शल्यक्रियाबाट निकालियो


  • 1.4K
    Shares

    बालकको पेटमा अड्किएको कैंची शल्यक्रियाबाट निकालियो
    images

    काठमाडौं । १५ वर्षीय बालकको पेटबाट नोबेल मेडिकल कलेजका चिकित्सकले कैंची निकालेका छन् । उदयपुरका बालकले खेल्ने क्रममा निलेको कैंची नोबेलका चिकित्सकले शल्यक्रिया गरेर निकालेका हुन् ।

    नोबेल मेडिकल कलेजका प्रबन्धक दिपेश राईका अनुसार, १७ असारमा भर्ना भएका बालकको ल्याप्रोस्कोपी विधिबाट शल्यक्रिया गरी पेटभित्र अड्किएको कैंची निकालिएको हो । शल्यक्रिया पछि बालक घर फर्किएको उनले बताए ।

    घरमा टीभी हेर्ने क्रममा बालकले खेलाइरहेको कैंची अड्किएपछि आफन्तले स्थानीय अस्पताल हुँदै नोबेल पुर्‍याएका थिए । गम्भीर अवस्थामा भर्ना भएका उनको ल्याप्रोस्कोपिक सर्जन डा. अमित भट्टराई र डा. दिनेश अधिकारीको टिमले शल्यक्रिया गरी कैंची निकालेको थियो ।

    अस्पतालका अनुसार, खेल्ने क्रममा घाटीमा अड्किएको कैची घरमा निकाल्न खोज्दा सानो आन्द्रासम्म पुगेको थियो । ढल्किएर टीभी हेर्दै मुखमा कैंची खेलाइरहेको अवस्थामा अचानक घाँटी भित्र छिरेको थियो । बालकले कैंची अड्कियो भन्दै कराएपछि हजुरबुबाले निकाल्न खोज्दा कैंची अझै भित्र पसेको थियो ।

    स्थानीय अस्पतालमा उपचार सम्भव नभएपछि आफन्तले नोबेल लगेका थिए । नोबेल आइपुग्दा भने पेटमा कैंची पुगिसकेको थियो । गम्भीर अवस्थामा आएका बालकको तत्कालै शल्यक्रिया गरी कैंची निकालेको अस्पतालले जनाएको छ ।

    प्रकाशित मिति :श्रावण ४ २०८२ आइतवार - १४:०६:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij