Logo

२०८२ भाद्र १२ गते बिहिवार

२०८२ भाद्र १२ गते बिहिवार

पर्वतको लाङ्दी पहिरो : पुरिएका दम्पतीमध्ये श्रीमान मृत फेला, श्रीमतीको खोजी जारी

पर्वतको लाङ्दी पहिरो : पुरिएका दम्पतीमध्ये श्रीमान मृत फेला, श्रीमतीको खोजी जारी


  • 1.3K
    Shares

    पर्वतको लाङ्दी पहिरो :  पुरिएका दम्पतीमध्ये श्रीमान मृत फेला, श्रीमतीको खोजी जारी
    images

    काठमाडौं । पर्वतको मोदी गाउँपालिका-३ देउरालीको लाङ्दीमा पहिरोमा घर पुरिँदा  बेपत्ता भएका दम्पतीमध्ये श्रीमानको शव भेटिएको छ ।

    स्थानीयवासी र सुरक्षाकर्मीले पुरिएको अवस्थामा ७८ वर्षीय छविलाल विश्वकर्माको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रविन विष्टले जानकारी दिएका छन् । 

    उनले पहिरोमा बेपत्ता भएकी छविलालकी श्रीमती विष्णुमतीको खोजी जारी रहेको छ । डिमुवा र कुश्माबाट गएको प्रहरी र स्थानीयवासीको सक्रियतामा पहिरो पन्छाएर बेपत्ताको  खोजी जारी राखेको प्रहरी प्रमुख विष्टले जानकारी दिए । अत्यधिक वर्षा भएकाले उद्धारमा समेत कठिनाई भइरहेको उनको भनाइ रहेको छ ।

    गए रातिदेखि परेको भारी वर्षाका कारण आज बिहान घरमाथि कान्लोबारी खस्दा दम्पती पुरिएका थिए भने उनीहरुकी २८ वर्षीया बुहारी पवित्रा  हामफालेर ज्यान जोगाउन सफल भएकी थिइन  । 

     

    प्रकाशित मिति :श्रावण ४ २०८२ आइतवार - १२:४३:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij