Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

भारतमा कोरोना : सोमबार ३ लाख ६८ हजारभन्दा बढीमा संक्रमण, ३४ सयको मृत्यु

भारतमा कोरोना : सोमबार ३ लाख ६८ हजारभन्दा बढीमा संक्रमण, ३४ सयको मृत्यु


  • 11.1K
    Shares

    भारतमा कोरोना : सोमबार ३ लाख ६८ हजारभन्दा बढीमा संक्रमण, ३४ सयको मृत्यु

    नयाँदिल्ली । भारतमा आज (सोमबार) ३ लाख ६८ हजार १४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३,४१७ जनाको मृत्यु भएको छ ।

    भारतमा कूल संक्रमित संख्या १ करोड ९९ लाख पुगेको छ । जसमध्ये ३४.१३ लाख सक्रिय संक्रमित छन् । २ लाख १८ हजारभन्दा बढीको मृत्यु भएको छ ।

    महाराष्ट्र, कर्नाटका, उत्तर प्रदेश, केरला, राजस्थान, गुजरात, छत्तिसगढ, आन्ध्र प्रदेश, तामिलनाडु र पश्चिम बंगालमा सर्वाधिक संक्रमित भेटिएका छन् ।

    भारतको सर्वोच्च अदालतले आइतबार प्रभावित राज्यमा पूर्ण लकडाउन गर्न केन्द्र र राज्य सरकारलाई निर्देशन दिइसकेको छ ।

    प्रकाशित मिति :बैशाख २० २०७८ सोमवार - १२:१४:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij