Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

हिमालयन बैंकको एफपीओमा आवेदन दिने आज अन्तिम दिन

हिमालयन बैंकको एफपीओमा आवेदन दिने आज अन्तिम दिन


  • 1.3K
    Shares

    • images
    हिमालयन बैंकको एफपीओमा आवेदन दिने आज अन्तिम दिन

    काठमाडौं । हिमालयन बैंकको एफपीओमा आवेदन दिने आज साउन ४ गते अन्तिम दिन रहेको छ। लगानीकर्ता आज बैंकिङ समयसम्म आवेदन दिन सक्नेछन्। 

     बैंकले असार ३२ गतेदेखि एफपीओ जारी गर्ने भएको हो । बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल रहेको छ।

    नेपाल धितोपत्र बोर्डले हिमालयन बैंकलाई १ अर्ब ४५ करोड २३ लाख २३ हजार रकमबराबर एफपीओ जारी गर्न अनुमति दिएको छ।

    बैंकले १०० रुपैयाँ अंकितदरमा ५७ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता १५७ रुपैयाँमा ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ जारी गर्न लागेको छ।

    हाल बैंकको कुल चुक्ता पूँजी २१ अर्ब ६५ करोड ६६ लाख १५ हजार ६३१ रुपैयाँको ७२.९९ प्रतिशले हुन आउने संस्थापक समूहको १५ अर्ब ८० करोड ७१ लाख ६३ हजार ७४९ र २७।०१ प्रतिशले हुन आउने सर्वसाधारण समूहको ५ अर्ब ८४ करोड ९४ लाख ५१ हजार ८८१ रकमबराबरको शेयर स्वामित्व रहेको छ। 

    बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ बमोजिम कुल जारी पुँजीको कम्तीमा ३० प्रतिशत शेयर सर्वसाधारणलाई छुट्याउनुपर्ने व्यवस्था रहेकोले बैंकले एफपीओ जारी गर्न लागेको छ।

    उक्त एफपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्ने छन् भने लगानीकर्ताले धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सी९आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो शेयरमार्फत आवेदन दिन सक्ने छन्।

    एफपीओ निष्कासन बन्द छिटोमा साउन ४ गते हुने भएको छ। ताकिएको अवधिमा पर्याप्त आवेदन नपरेको खण्डमा निष्कासन अवधि साउन १४ गतेसम्म लम्बिन सक्ने बैंकले जानकारी दिएको छ ।

    प्रकाशित मिति :श्रावण ४ २०८२ आइतवार - १०:३१:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij