Logo

२०८२ भाद्र १२ गते बिहिवार

२०८२ भाद्र १२ गते बिहिवार

रौतहटका पत्रकार रवीन्द्र झुण्डिएको अवस्थामा मृत भेटिए

रौतहटका पत्रकार रवीन्द्र झुण्डिएको अवस्थामा मृत भेटिए


  • 841
    Shares

    रौतहटका पत्रकार रवीन्द्र झुण्डिएको अवस्थामा मृत भेटिए
    images

    काठमाडौं ।  रौतहटको पत्रकार रबिन्द्र प्रजापतिको आत्महत्या गरेका छन् । कटहरिया नगरपालिका ५ का अन्दाजी ३० वर्षीय पत्रकार प्रजापति शनिवार बेलुका घरमै झुण्डिएका हुन् ।

    झुण्डिएको पासो काटेर उनलाई परिवारले अस्पताल लगेको थियो। तर अस्पतालले उनलाई मृत घोषणा गरेको बुझिएको छ । ईलाका प्रहरी कार्यालय गरुडाका डिएसपी राजन कार्कीका अनुसार मृतक प्रजापतिको शव पोस्टमार्टका लागि गौर अस्पतालमा राखिएको छ ।

    पत्रकार प्रजापति गरुडा म्यूजिकल एफएममा कार्यरत थिए । उनी रेडियोमा समाचार पढ्थे, समाचार लेख्थे । उनले कटहरिया नगरपालिकाका मेयर अजयप्रकाश जयसवालबाट धाकधम्की खेपिरहेका थिए ।

    खानेपानी समस्या सम्बन्धी समाचार लेखेका कारण उनलाई केहीदिन अगाडि  मेयर जयसवालले धाकधम्की दिँदै गालीगलौज गरेका थिए ।

    मेयर जयसवालले दिएको धाकधम्कीका कारण पत्रकार प्रजापति तनावमा थिए । डरले घरबाट उनी बाहिर निस्किन सकेका थिएन् । त्यसैले पनि उनको आत्महत्यामा मेयरले दिएको धम्की मुख्य कारण रहेको स्थानीय बताउँछन् ।

    मेयर जयसवालले पत्रकार प्रजापतिलाई दिएको धाकधम्कीविरुद्ध प्रेस चौतारी रौतहट शाखाले गत जेष्ठ २९ मा विज्ञप्ती समेत जारी गरेको थियो । चौतारीका रौतहट शाखा अध्यक्ष अशोक पहाडीले विज्ञप्ती जारी गर्दै पत्रकारलाई मेयर जयसवालले दिएको धाकधम्की विषयमा छानविन गरी दोषीमाथि कारबाही गर्न स्थानीय प्रशासनसंग माग गरेका थिए ।

    गरुडाका डीएसपी राजन कार्कीले मृतक पत्रकार प्रजापतिलाई मेयर जयसवालले धाकधम्की दिएको विषयमा थाहा नभएको बताए । उनले भने, ‘मेयरले धम्की दिएको थियो भन्ने कुरा थाहा भएन । घटनाको अनुसन्धान भइरहेको छ ।’

     

    प्रकाशित मिति :श्रावण ४ २०८२ आइतवार - ०९:४४:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij