२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । सिरहाको कल्याणपुर नगरपालिकाका नगरप्रमुख रामपुकार साह एक लाख रुपैयाँ घुससहित रंगेहात पक्राउ परेका छन्।
बुधबार दिउँसो अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले कल्याणपुर नगरपालिकाको कार्यालयबाटै साहलाई घुस रकमसहित नियन्त्रणमा लिएको हो।
उनले उपभोक्ता समितिले पाउनुपर्ने रकम भुक्तानीवापत एक लाख घुस मागेको सूचना पाएपछि अख्तियारको टोली त्यहाँ पुगेको थियो। थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ। साह एमालेबाट निर्वाचित भएका हुन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij