२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । नेपाल धितोपत्र बोर्डले झापा इनर्जीलाई आईपीओ जारी गर्ने अनुमति दिएको छ।
कम्पनीले जारी पुँजीको २५ प्रतिशतले हुन आउने साधारण शेयर निष्कासन गर्ने अनुमति पाएको हो। बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल रहेको छ।
कम्पनीले अब ९ करोड ५० लाख ४७ हजार ५०० रुपैयाँबराबरको आइपीओ निष्कासन गर्ने भएको छ भने १०० रुपैयाँ अंकित दरका कुल ९ लाख ५० हजार ४७५ कित्ता जारी गर्ने छ।
आइपीओ बिक्रीपछि कम्पनीको चुक्तापुँजी ३८ करोड १ लाख ९० हजार रुपैयाँ पुग्ने भएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij