२०८२ भाद्र १७ गते मंगलवार
काठमाडौं । अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेलले नेपाल बीमा प्राधिकरणको अध्यक्षको शपथ लिएका छन् । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल समक्ष मंगलबार पोखरेलले शपथ लिएका हुन् ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सहसचिव पोखरेललाई अध्यक्षको जिम्मेवारी दिएको हो। पोखरेललाई अर्को व्यवस्था नभएसम्म अध्यक्षको जिम्मेवारी सम्हाल्ने गरी तोकिएको मन्त्रिपरिषद स्रोतले जानकारी दिएको छ ।
प्राधिकरणका अध्यक्ष शरद ओझा निलम्बनमा परेपछि पोखरेलले उक्त जिम्मेवारी पाएका छन्।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij