Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

कोरोना खोप लगाएपछि चुरोट र रक्सी छुनै नहुने बारे यस्ता छन् विशेषज्ञको सुझाव

कोरोना खोप लगाएपछि चुरोट र रक्सी छुनै नहुने बारे यस्ता छन् विशेषज्ञको सुझाव


  • 9.8K
    Shares

    कोरोना खोप लगाएपछि चुरोट र रक्सी छुनै नहुने बारे यस्ता छन् विशेषज्ञको सुझाव

    कोरोना संक्रमण रोक्न अहिले नेपाल, भारतसहित विभिन्न देशमा खोप लगाउने क्रम जारी छ। जसले गर्दा यतिबेला मानिसमा कोरोनाविरुद्ध खोपका विषयमा विभिन्न जिज्ञासा छन्।

    जस्तो स् खोप लगाएपछि के गर्नुपर्ला, के गर्न हुँदैन होला ? कस्ता खानेकुरा खानुपर्छ, कस्ता खानेकुरा खानु हुँदैन होला ? यस्तै मानिसको मनमा यो प्रश्न पनि उठिरहेको छ– धूमपान र मद्यपान गर्दा खोप लगाएको काम नलाग्ने हुन्छ कि?

    भारतीय पत्रिका अमर उजालाले यस विषयमा अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेज (एम्स)का क्यान्सर रोग विशेषज्ञ डा. अजितसिंह ओबराईसँग संक्षिप्त संवाद गरेको छ। जुन हाम्रा लागि पनि उपयोगी भएकाले यहाँ प्रस्तुत गरिएको हो। 

    धूमपानले खोपको प्रभावकारिता कम गर्छ ?
    क्यान्सर रोग विशेषज्ञ डा. अजित सिंह ओबेरोईका अनुसार धूमपान गर्ने मानिसले यो कुरा बुझ्न अत्यन्तै आवश्यक छ– कोरोनाविरुद्धको खोप लगाएपछि केही महिना धूमपान गर्नै हुँदैन। उनी भन्छन्, ‘चुरोटको धुवाँले खोपले बनाएको एन्टिबडीलाई असर पार्न सक्छ। यसकारण खोप लगाएपछि केही दिनसम्म कुनै पनि किसिमको धूमपान गर्न हुँदैन।’

    के भन्छ डब्ल्यूएचओ ?
    विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले पनि धूमपान गर्नेलाई सचेत गराएको छ। डब्ल्यूएचओ भन्छ– धूमपान गर्ने मानिसलाई कोरोना संक्रमण हुने जोखिम ज्यादा हुन्छ। धूमपानले फोक्सोको कार्यक्षमतामा असर पार्छ भने यसले श्वाससम्बन्धी धेरै रोग निम्त्याउँछ।

    रक्सी पिउनेबारे के भन्छन् डाक्टर ?
    विशेषज्ञका अनुसार कोरोना खोप लगाएपछि रक्सी पनि खान हुँदैन। डा। अरविन्दर सिंह सोइन भन्छ्न्, ‘कोरोना खोप लगाएपछि कम्तीमा २ हप्ता रक्सी छुनै हुँदैन। अल्कोहल (रक्सी) ले टी–कोषिकालाई असर पार्छ, जसबाट कलेजोमा समस्या आउन सक्छ। यसबाहेक अल्कोहलले खोपको प्रभावकारितालाई पनि सुस्त पारिदिनसक्छ।

    खोप लगाएपछि कस्तो सावधानी अपनाउने ?
    यस विषयमा डा। अजित भन्छन्, ‘खोप लगाएपछि मानिस ढुक्क हुन्छन्। तर तपाईंले के कुरामा विशेष ध्यान पुर्याउन आवश्यक छ भने खोपको पहिलो डोज लगाइसक्दा पनि यसको खासै प्रभाव पर्दैन, दोस्रो डोज लगाएपछि भने खोपले कोरोनाविरुद्ध ८० प्रतिशतभन्दा माथि काम गर्ने देखिएको छ। यसैकारण खोप लगाएपछि पनि सावधानी अपनाउन जरुरी छ।  

     

    प्रकाशित मिति :बैशाख १९ २०७८ आइतवार - १६:१३:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij