Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

अपडेट

काठमाडौं भ्यु टावर ‘निर्माण साझेदार’ नरेश कुमार चेङवाङ न्युरोडबाट पक्राउ

काठमाडौं भ्यु टावर ‘निर्माण साझेदार’ नरेश कुमार चेङवाङ न्युरोडबाट पक्राउ


  • 1.1K
    Shares

    • images
    काठमाडौं भ्यु टावर ‘निर्माण साझेदार’ नरेश कुमार चेङवाङ न्युरोडबाट पक्राउ

    काठमाडौं । पुरानो बसपार्कमा ‘काठमाडौं भ्यु टावर’ निर्माणको काम गरिरहेका व्यवसायी मनोज भेटवालका साझेदारलाई प्रहरीले पक्राउ गरेको छ । व्यापारिक साझेदार नरेश कुमार चेङवाङ काठमाडौंको न्युरोडबाट पक्राउ परेका हुन् ।

    तेह्रथुमको फेदाप गाउँपालिका वडा नम्बर–४ घर भएर न्युरोड बस्ने चेङवाङलाई न्युरोडबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एक जना अधिकृतले  बताए ।

    ४७ वर्षीय चेङवाङविरुद्ध असार ६ मा काठमाडौं जिल्ला अदालतले ४ करोडको बैङ्किङ कसुर मुद्दामा पक्राउ पुर्जी जारी गरेको थियो । सिन्धुली घर भएका राजकुमार बराललाई उनले दिएको ४ करोडको चेक बाउन्स भएको र त्यसबिरुद्ध बैङ्किङ कसुरको जाहेरी जिल्ला प्रहरी परिसर काठमाडौंमा दर्ता भएको थियो ।

    यसअघि असार १३ मा सो टावरका ठेकेदार मनोज भेटवाल पक्राउ परेका थिए । १० करोड बिगो भएको बैंकिङ्ग कसुर मुद्दामा अदालतले भेटवाललाई हाजिर जमानीमा राखेर अनुसन्धान गर्न प्रहरीलाई आदेश दिएसँगै ६ दिन हिरासतमा बसेर उनी रिहा भएका थिए ।  

    नरेशकुमार चेङवाङ पनि जलेश्वर बिकोई विलडर्स प्रालिमा आबद्ध रहेको र भेटवालको व्यवसायिक साझेदार रहेको प्रहरी अधिकृतहरू बताउँछन् । भेटवाल यसअघि पनि चेक बाउन्स र रोयल मर्चेन्ट बैंकिङ्ग एन्ड फाइनान्स लिमिटेड घोटाला मुद्दामा पक्राउ परेका व्यक्ति हुन् । 

    प्रकाशित मिति :आषाढ ३० २०८२ सोमवार - १६:३२:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij